FLASH NEWS
- Loading...
काठमाडौँका बिभिन्न स्थानमा सावुन पानी अभियान सुरु
- कृषि टि.भी.
- ३ साल अघि
- १८ पटक पढिएको

नेपाल प्रहरीले काठमाडौँका बिभिन्न स्थानमा सावुन पानी अभियान सुरु गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न १६ स्थानमा सरसफाईका लागि पानी तथा साबुनको व्यवस्था गरिएको हो ।
मानिसको जमघट बढी हुने काठमाडौँका तीन स्थान तथा अस्पतालहरुमा पानीको ट्यांकी तथा साबुनको व्यवस्था गरिएको हो । महानगरीय प्रहरी कार्यालयले गौशाला, बानेश्वर र जमलका सार्वजनिक स्थलमै सावुन पानीको व्यवस्था गरेको छ भने १३ वटा अस्पतालहरुमा पानी ट्यांकी र साबुनको व्यवस्थापन गरीएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । हात धुने अभियान सफल हुँदै गए अन्य स्थानहरुमा विस्तार गर्दै जाने प्रहरीलले जनाएको छ ।।


प्रतिक्रिया दिनुहोस
