FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बागमती खाडसारीले उखु किसानको बक्यौता भुक्तानी, नवलपरासीको २ उद्योग बन्द

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३० पटक पढिएको
    बागमती खाडसारीले उखु किसानको बक्यौता भुक्तानी, नवलपरासीको २ उद्योग बन्द

    बागमती खाडसारी चिनी उद्योग पश्चिम नवलपरासीले उखु किसानको गत वर्षसम्मको बाँकी बक्यौता रकम भुक्तानी गरेको छ । सरकारी आदेश अनुसार त्यहास्थित खाडसारीले किसानहरुको बक्यौता भुत्तानी गरेको हो । यसअघि बाँकी रकम भुक्तानी नपाएपछि देशभरका किसानहरु काठमाडांैमा भेला भई धर्ना लगायतका दवाबमुलक कार्यक्रम गरेको थियो । सोही समयमा सरकार र आन्दोलनरत किसानबीच भएको वार्तामा समयसिमा तोकेरै किसानको सबै बक्यौता भुक्तानी गर्न उद्योगीलाई आदेश दिएको थियो । तर अझै पनि मुलुकभरका अधिकांश उद्योगले भुत्तानी गर्न सकेको छैन । यता खाडसारी उद्योगका प्रबन्ध निर्देशक राम थापाका अनुसार त्यस उद्योगमा देखिएको किसानहरुको बक्यौता रकम भुक्तान गरीएको छ । उद्योगले करीब ८ करोड बक्यौता रकम भुक्तानी गरिसकेको जनाएको छ । यस सिजनका लागि किसानहरुले उखु बिक्री गरी क्रसिङ समेत सकिन लागेको उद्योगले बताएको छ । उद्योगको क्रसिङ क्षमता दैनिक १५ हजार क्विन्टल भएपनि किसानले १० हजार मात्र उखु दिँदै आएका छन् । राज्यले उखु किसानलाई दिनुपर्ने पर्याप्त सुविधा तथा अनुदान नदिँदा किसान वैकल्पिक खेतीतर्फ आकर्षित हुन थालेका छन् । पश्चिम नवलपरासीका अन्य २ उखु उद्योगले पुरानो बक्यौता भुक्तानी गर्न नसक्दा उखु क्रसिङ पनि गरेका छैनन् ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित