- Loading...
पर्बतमा असिनापानीले खाद्यान्न तथा तरकारीमा क्षति, ८ करोड बढी किसानलाई घाटा
- कृषि टि.भी.
- ३ साल अघि
- २३ पटक पढिएको

वर्षासँगै शुक्रबार दिउँसो परेको भिषण असिना पानीले पर्बतमा करोडौंको बालीनालीमा क्षति पुगेको छ । जिल्लाको कुश्मा नगरपालिका, मोदी गाउँपालिका, फलेवास नगरपालिका र छिमेकी जिल्ला बागलुङको बलेवामा भिषण असिना परेको हो । असिनापानीका कारण खेतमा भर्खरै उम्रिएका मकै, पाकेको तोरी र गहुँबालीमा ठूलो नोक्सानी पुगेको छ । त्यस्तै व्यावसायिक रूपमा लगाएको तरकारी बालीमा पनि क्षति पुगेको कृषि ज्ञान केन्द्र पर्बतले जनाएको छ । झण्डै आधा घण्टाभन्दा बढी परेको असिना जमिनमाथि एक फिट थुप्रिएको स्थानीयले जानकारी दिएको छ । असिनाले व्यावसायिक रूपमा लगाएका गोलभेंडा, काँक्रा, घिरौला सहित तरकारीबाली नष्ट गरेको केन्द्रले बताएको छ । पर्बत र बागलुङका विभिन्न क्षेत्रमा ठूलो असिना परेको बताउँदै क्षतिको विवरण भने आइनसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । अहिले क्षतिको विवरण संकलन कार्य भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीले जानकारी दिनुभयो । उहाका अनुसार गतवर्ष पनि वैशाखमा परेको असिनाले ८ करोडभन्दा बढीको मकैबाली नष्ट गरेको थियो । यता तोरीबाली थन्क्याउने बेलामा असिना परेका कारण पूरै झरेर नष्ट भएको केन्द्रले जनाएको छ । विवरण संकलन गरिसकेपछि क्षतिको यकिन मूल्यांकन हुने कार्यालयले बताएको छ ।।


