FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • रोकेन लकडाउनल झापा हुदै २ भारतीय चितवनमा

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ९ पटक पढिएको
    Post Thumbnail

    भारतबाट २२ जना यात्रु लिएर काकडभिट्टा नाका हुँदै एउटा बस पोखरातर्फ आएको छ ।पोखराको शुभ जगदम्बा टुर्स एण्ड ट्राभल्सको ग १ ख ९०१८ नम्बरको बस काँकडभिट्टाबाट मंगलबार पोखरातर्फ आएको हो ।

    गलबार देशभरि नै ‘लक डाउन’ हुँदा बसका यात्रुले धेरै ठाउँमा चेकिङ पार गर्दै आएको बताएका छन् । गण्डकी प्रदेश सरकारले सोमबारदेखि नै प्रदेशको नाका बन्द गर्ने निर्णय गरेको थियो, तर उक्त बसका यात्रुलाई प्रदेशको प्रवेशविन्दू मुग्लिनमा स्वास्थ्य जाँच गरी पोखरा पठाइएको तनहुँका प्रहरी प्रमुख एसपी विनोद सिलवालले जानकारी दिए ।

    केही कर्मचारी र विद्यार्थी पोखरा आएको र कुन जिल्ला पुग्ने हुन् त्यही जिल्लामा क्वारेन्टाइनमा बस्न लगाइने गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले जानकारी दिए ।

    ‘मुग्लिनमा सम्पर्क गरेर पोखरा पठाउन भन्यौं । पोखरा आइसकेपछि कुन जिल्लाका हुन्, त्यही जिल्लामा क्वारेन्टाइनमा बस्ने गरी पठाउँछौं,’ प्रमुख सचिव बस्यालले भने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित