FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • लकडाउनका कारण हेटौडाका ८० प्रतिशत बढि उद्योग बन्द ।

    • कृषि टि.भी.
    • २ साल अघि
    • १६ पटक पढिएको
    Post Thumbnail

    विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभीड–१९) संक्रमणको प्रभाव हेटौंडा औद्योगिक क्षेत्रमा पनि परेको छ । औद्योगिक क्षेत्रमा रहेका करिब ८० प्रतिशत उद्योग बन्द भएका छन्  संघीय सरकारको निर्णयानुसार अतिआवश्यक र खाद्यान्नसँगसम्बन्धित उद्योगमात्र सञ्चालनमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयले जनाएको छ। दूग्ध, साबुन, कुकिज र प्लास्टिक प्याकेजिङ उद्योगहरु सञ्चालनमा रहेको कार्यालय प्रमुख राजेन्द्र कँडेलले जानकारी दिए।

     उनले भने कोरोना भाइरसका कारण कच्चा पदार्थ आयात र बजारीकरणमा प्रभाव परेको भन्दै उद्योग संघ हेटौंडाका अध्यक्ष लेखराज पोखरेलले सरकारले बैंकको ब्याज छुट तथा किस्ता तिर्ने मिति थप गर्नुपर्ने माग गरेका छन्। ‘उद्योग बन्द हुँदा वा उत्पादनमा कटौती भइरहँदा कामदार पनि कटौती गर्नुपर्ने अवस्था छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित