FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • खेतीफूड डट कम बाट घरघरमा तरकारी डेलिभर ।

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १६ पटक पढिएको
    Post Thumbnail

    बन्दाबन्दी (लकडाउन) चलिरहेको बेला खेतीफुडले अनलाइन अर्डरमा घरघरमा तरकारी उपलब्ध गराउन थालेको छ । डब्लूडब्लूडब्लू डट खेतीफुड डटकम मार्फत अर्डर गरेपछि तरकारी फलफूल घरमै आइपुग्छ । खेतीफुडले अर्गानिक र स्थानीय तरकारी घरघरमै पु¥याउने व्यवस्था गरेको हो ।
    काठमाडौँ र पोखरामा कम्पनीले सेवा दिइरहेको सञ्चालक तुलसी गिरी बताउनुहुन्छ । कोरोना सङ्क्रमणको त्रासका बेला सुरक्षित उपाय अपनाएर सेवा दिइरहेको उहाँले बताउनुभयो ।
    हामीले सेवाका क्रममा सुरक्षाका सबै उपाय अपनाएका छौँ । मास्क, सेनिटाइजर, पञ्जा आदि प्रयोग गरेका छौँ । तुलसी र उहाँकी श्रीमती उषा पौडेलले खेतीफुड डट कम र खेतीफर्म डट कम चलाउनुभएको छ । विज्ञान पढेका तुलसी र समाजशास्त्र पढेकी उषाले जमाना अनुसार प्रविधिलाई

    व्यवसायको माध्यम बनाउनुभएको हो ।
    खेतीफुडले काठमाडौँ र पोखरा र खेती फर्मले अन्य पाँच जिल्लामा काम गरिरहेको छ । खेतीफर्मले किसानलाई चाहिने बीउ, तालिम आदि उपलब्ध गराउँछ भने खेतीफुडले त्यही उत्पादन भएको तरकारी बजारीकरण गर्ने गरेको छ । उहाँहरूले प्रत्यक्ष ३० जनालाई रोजगारी दिनुभएको छ । पौडेलले बजार सहकारी मार्फत चार वर्ष अघिदेखि पोखराको रत्नचोकमा बुधबार र शनिबार किसान बजार चलाउनुभएको छ ।
    कोरोनाको सन्त्रासले बजार बन्द भएपछि होम डेलिभरी मार्फत तरकारी उपभोक्तासम्म लैजाने गरेको उहाँले जानकारी दिनुभयो । खेतीफुडको व्यवस्थापन हेरिरहनुभएकी उहाँले सुस्वास्थ्य, समय बचत, किसानबाट सीधै उपभोक्तासम्म पहुँच र आर्थिक बचत हुने भएकाले यस कार्यमा सफलता मिलेको बताउनुहुन्छ । उहाँ अर्डर अनुसारका विभिन्न तरकारी फलफूल ग्राहकको घरसम्मै लैजान्छौँ, किसानका समस्या समाधान र हाम्रो पनि व्यवसाय बनेको छ खेतीफुड भन्नुहुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित