FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कोरोनाका कारण चिया टिपाई रोकियो ।

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १७ पटक पढिएको
    Post Thumbnail

    नेपालका पूर्वी जिल्लामा उत्पादन हुने चियाको पहिलो टिप्ने मौसम भएको छ । कोरोना भाइरसका कारण पहिलो टिप्ने काममा समस्या भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । लकडाउनका कारण चिया टिप्ने काम प्रभावित भएको हो ।

    चैतको पहिलो साताबाटै मुना चिया टिप्ने काम सुरु हुने भए तापनि यस पटक विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण रोकिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा प्रवक्ता दीपक खनालले बताए । कोरोना भाइरसले चिया उत्पादनसँगै व्यापारमा पनि केही समस्या हुने बोर्डका निर्देशक तथा प्रवक्ता खनालको भनाइ छ ।

    ‘लकडाउनका कारण अहिले चिया टिप्ने काम रोकिएको छ । सरकारले कोरोनाका कारण चिया उत्पादन र काम नै रोकिएपछि क्षतिपूर्ति दिने विषयमा केही निर्णय गरेको छैन’, उनले भने, ‘किसानका लागि सरकारले केही विशेेष सहुलियत दिनुपर्छ । कोरोनाकन कारण चिया किसान मारमा पर्छन् । यस विषयमा सम्बन्धित निकायले केही निर्णय गर्नुपर्छ । कोरोना संक्रमण सकिएपछि क्षतिपूर्तिका विषयमा छलफल हुन्छ ।’

    कोरोना भाइरसका कारण देशमा लकडाउन हुँदा पूर्वी जिल्लामा  चिया कारखाना बन्द भएका कारण प्रशोधनसमेत रोकिएको उनको भनाइ छ । उनका अनुसार पहिलो सिजनको चिया गुणस्तरीय हुन्छ । पहिलो उत्पादन भएको चियालाई राम्रो मानिन्छ । उत्पादन कम भए पनि फर्स्ट फ्लस चिया उच्च मूल्यमा बिक्री हुने गरेको बोर्डले जानकारी दिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित