FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • प्रदेश नम्बर ५ मा किसानलाई खेती स्याहर्न र विक्रि विशेष पास ।

    • कृषि टि.भी.
    • २ साल अघि
    • ११ पटक पढिएको
    Post Thumbnail

    प्रदेश ५ काे मन्त्रपरिषद् ले लाक डाउनकाे कारण प्रभावित भएका किसानहरुकाे लागि विशेष सहजता प्रदान गर्ने भएकाे छ ।
    साेमबार बुटवलमा बसेकाे मन्त्री परिषद् बैठकलले खेती स्याहार्ने बेला भएकाले कृषि प्रयोजनमा प्रयोग हुने थ्रेसर, कम्बाइन मेशिन लगायत गाउँ र नगरपालिकाभित्र कार्यकारी अधिकृतले तथा जिल्लाभित्र र बाहिरका लागि प्रमुख जिल्ला अधिकारीले पासको व्यवस्था मिलाउने निर्णय गरेकाे छ ।
    यता, पशु र कृषि जन्य उपज विक्रि वितरणका लागि प्रदेश नम्बर ५ सरकारकाे भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विशेष पहल सुरु गरेकाे छ ।
    लक डाउनकाे कारण किसानहरुले उत्पादन गरेका कृषि जन्य उपज, माछा, मासु, दूध विक्रि वितरणमा समस्या भएकाे भन्दै यसमा विशेष पहल सुरु गरेकाे हाे ।
    मन्त्रालय काे साेमबार बुटवलमा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री अारती पाैडेलललेकृषि तथा पशुजन्य बस्तु विक्रि वितरणका लागि प्रदेशका १२ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारी मार्फत सहजताका लागि अाग्रह गरेकाे जानकारी दिनुभयाे ।
    उहाका अनुसार मन्त्रालयले किसानका उपज बिक्री वितरणका लागि कृषि संकलन स्थल सम्म ल्याउने साधानकाे समेत व्यवस्थापन गरेकाे छ ।
    खासगरी किसानले उत्पादन गरेकाे कृषि तथा पशुजन्य उत्पादन बिक्रीवितरण मा समस्या भएकाे गुनासाे अाएका थिए ।
    साेहि अनुसार मन्त्रालयले पहल सुरु गरेकाे हाे ।

    यस्ताे छ मन्त्रीपरिषद् काे निर्णय

    विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकार मन्त्रिपरिषदको आज बसेको बैठकले गरेका निर्णहरु
    १. सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउने । ती नागरिकलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने र खानपीनको व्यवस्था गर्ने ।
    २. निमार्ण क्षेत्रमा काम गर्ने मजदुरलाई घर पठाउने व्यवस्था गर्ने, त्यसका लागि यातायातका साधनको पासको व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने, सम्बन्धित निमार्ण कम्पनीले गाडीको व्यवस्था गर्ने ।
    ३.खेती स्याहार्ने बेला भएकाले कृषि प्रयोजनमा प्रयोग हुने थ्रेसर, कम्बाइन मेशिन लगायत गाउँ र नगरपालिकाभित्र कार्यकारी अधिकृतले तथा जिल्लाभित्र र बाहिरका लागि प्रमुख जिल्ला अधिकारीले पासको व्यवस्था मिलाउने ।
    ४. एम्बुलेन्स चालकका लागि १२ वटै जिल्ला प्रशासन कार्यालयमा पिपिई पठाइएको छ । एम्बुलेन्स चालकलाई पिपिई उपलब्ध गराउने काम प्रमुख जिल्ला अधिकारीले गर्ने ।
    ५. प्रदेश ५ मा तीन वटा प्रयोगशाला स्थापना गर्ने । भैरहवाको गहुँ बाली अनुसन्धान केन्द्र परिसरमा, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र नेपालगञ्जको भेरी अस्पतालमा । तत्काल प्रयोगशाला स्थापना गरी कोरोना भाइरसको परीक्षण शुरु गर्ने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित