FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • नेपाली सेनाले २० वेडको हाईकेयर सघन उपचर कक्ष निर्माण गर्ने

    • कृषि टि.भी.
    • २ साल अघि
    • २३ पटक पढिएको
    Post Thumbnail

    नेपाली सेनाले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कोरोना संक्रमीतको उपचारका लागि २० बेडको हाइ केयर सघन उपचार कक्ष निर्माण सुरु गरेको छ ।सरकारको १० करोड र बाँकी सेनाको खर्चमा अस्पताल परिसरमा सेनाले सघन उपचार कक्ष निर्माण सुरु गरेको सेनाका प्रवक्ता बिज्ञानदेव पाण्डले जानकारी दिनुभयो । त्यस्तै १०० शय्यासम्मको आइसोलेसन कक्ष विस्तार भइरहेको सेनाले जनाएको छ । यसअघिसेनाले कोरोना संक्रमितहरुको उपचारका लागि सैनिक अस्पताल छाउनीमा १० शय्याको आइसोलसन कक्ष निर्माण गरेको थियो ।

    छाउनी अस्पतालमा कोरोना संक्रमतिको उपचारका लागि गरिएको तयारीको मंगलबार नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मी र नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापाले स्थलगत निरिक्षण गर्नुभयो । सेनाका महासेनानी डा श्रीजन मल्लले कोरोना संक्रमितको उपचारका लागि सवै पूर्वाधार तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । कोरोनाको आशंकामा आएकालाई आइसोलसन युनिटमा उपचार गर्ने र रिपोर्ट पोजेटिभ आएको अवस्थामा अर्को वार्डमा सिफ्ट गर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।त्यस्तै कोरोना परिक्षणका लागि ल्यावको सवै तयारी पुरा भएको पनि उहाले बताउनुभयो । क्वारेन्टाइनमा कोरोना भाइरसक संक्रमणको जस्तै लक्षण देखिएका बिरामीहरुलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिन्छ । यदि कोरोना संक्रमण पुष्टि भएमा आइसोलेसन कक्षमा राखेर थप उपचार गरीन्छ । यसअघि सरकारले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सरकारी अस्पतालहरुलाई क्वारेन्टाइन तथा आइसोलेसन कक्ष बनाउन निर्देशन दिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित