FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • लकडाउनका कारण माछा पालक किसान तनाबमा ।

    • कृषि टि.भी.
    • २ साल अघि
    • १६ पटक पढिएको
    Post Thumbnail

    मुलुकभर लकडाउनका कारण माछा बिक्री नहुँदा माछापालक किसान मारमा परेका छन् । माछालाई चारो अभाव भएको र बिक्री पनि ठप्प रहेको उनीहरुले गुनासो गरेका हुन् । 
    किसानका अनुसार गत साउनमा पोखरीमा हालेका भुरा माछा निकाल्ने समय घर्किन थालेको छ। सिन्धुलीको गोलन्जोर गाउँपालिका—३ मा दुईवटा पोखरीमा माछापालन गर्दै आएका सुदीप कार्कीले माछा बिक्री गर्ने समयमा लकडाउनले मुलुक ठप्प हुँदा समस्या परेको बताए।‘लकडाउन होला र मुलुक ठप्प होला भन्ने लागेन, अहिले निकाल्दा बिक्री छैन,’ कार्कीले भने, ‘केही समय पोखरीमै राखौं न त भन्दा चारा छैन।’ उनले गत साउनमा पोखरीमा ६ हजार ८ सय भुरा हालेका थिए। अलिअलि स्थानीयले किने पनि पोखरीका आधा माछा त्यतिकै रहेको उनले बताए।

    बीपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा खुलेका लाइन होटलहरुमा माछा आपूर्ति गर्ने किसानको लक्ष्य थियो। ती सबै होटल यतिखेर बन्द छन्। ‘राजधानीसम्म ग्वाल्टारको माछा लैजाने योजना बनाएका थियौं,’ कार्कीले भने, ‘चिसो पानी लगाएका छौं, अब कतिन्जेल अडिन्छन्, हेरौं।’समयमा माछा निकाल्न नपाउँदा पोखरीभित्रै मर्ने डर समेत हुने उनले सुनाए। ‘राजमार्गमा हजारभन्दा बढी होटल छन्, ती खुलेको भए एक सातामै माछा सकिन्थ्यो,’ कार्कीले भने।१७ लाख रुपैयाँ लगानी गरेर निरन्तर कृषक समूह गठन गरी उनीहरुले माछापालन सुरु गरेका थिए। गोलन्जोर गाउँपालिकाको समेत माछा पालक किसानलाई सहयोग रहेको छ।

    प्रतिकिलो पाँच सयका दरले बिक्री हुनुपर्ने माछा पोखरीमै हुँदा १० लाख घाटामा जाने सम्भावना रहेको निरन्तर कृषक समूहका किसानहरुको भनाइ छ। युवा पलायन रोक्न गाउँमा नै उत्पादनमूलक काममा लगानी गरेको तर अहिले कोरोनाले समस्या निम्त्याएको गाउँपालिका अध्यक्ष पुष्प कार्कीको भनाइ छ। माछापालनका लागि सुनकोशी, मरिण, हरिहरपुरगढी, गाउँपालिका र दुधौली र कमलामाई नगरपालिकामा प्रदेश सरकारको १० करोडभन्दा बढी लगानी छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित