FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • शनिबारबाट पर्यटक ओसार्न रोक ।

    • कृषि टि.भी.
    • २ साल अघि
    • २१ पटक पढिएको
    Post Thumbnail

    १२ चैतमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरी समन्वय समितिले गरेको निर्णयअनुसार नेपालका विभिन्न भागमा रहेका पर्यटकलाई उद्धार गर्दै सरकारले काठमाडौं ल्याएको छ । काठमाडौं आएका पर्यटकहरूलाई सम्बन्धित देशसँग समन्वय गरेर पठाउने काम पनि गरिएको छ ।शनिबारबाट भने आन्तरिक उडानबाट पर्यटकको उद्धार बन्द गरिएको पर्यटन विभागले जनाएको छ । ‘काठमाडौंं आउन चाहने वा आफ्नो देश फर्कन चाहने पर्यटकलाई हामीले उद्धार गर्‍यौँ, अब लकडाउन अवधिभर पर्यटक उद्धार उडान रहेको छैन’, पर्यटक बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले भने ।उनले अब नेपालमा रहेका पर्यटक नेपाललाई सुरक्षित मानेर बसेका प्रतिक्रिया दिएका छन्। ‘देशका विभिन्न ठाउँमा रहेका पर्यटक अब नेपाल नै सुरक्षित छ भनेर बसेका हुनुहुन्छ, अब हामी लकडाउन अवधि लम्ब्याउँदैनौँ । उहाँहरू जहाँ हनुहुन्छ, त्यहीँ सुरक्षित रहनुहुनेछ’, रेग्मीले भने ।

    लकडाउनपछि देशका विभिन्न ठाउँबाट १८ सय पर्यटका काठमाडौं ल्याइएको पर्यटक विभागको तथ्याङ्क छ, जसमा साढे ५ सय जना लुक्लाबाट मात्र ल्याइएको थियो ।अहिले पनि करिब १ हजार जना पर्यटक भने विभिन्न स्थानमा रहेका छन् । ती पर्यटक लकडाउन खुलेपछि मात्र काठमाडौं आउनेछन् ।शुक्रबार भने लुक्ला,  फाप्लु र नेपालगञ्जबाट पर्यटकहरू काठमाडौं ल्याइँदै छ । सीता एयरले लुक्ला र फाप्लुबाट पर्यटक ल्याउँदै छ भने ताराले नेपालगञ्जबाट ल्याउँदै छ ।त्यस्तै, नेपालमा रहेका विभिन्न देशका पर्यटक ल्याउनका लागि शनिबार मालिन्डो एयर र चेक एयरलाइन्सले अनुमति पाएका छन् । अहिलेसम्म नेपालमा रहेका पर्यटकलाई सम्बन्धित देश पठाउनका लागि लकडाउनपछि कतार एयरले ४, नेपाल एयरले १ र मलेसियन एयरले १ उडान गरेका छन् । 

    सरकारले ९ चैतबाट अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय लिएको थियो । ३ वैशाखसम्मलाई अन्तर्राष्ट्रिय उडान प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ । आन्तरिक उडान पनि ३ वैशाखसम्म नै स्थगित गरिएको छ ।आन्तरिक रूपमा केही खुकुलो बनाएको सरकारले सीमा नाका तथा उड्डयन क्षेत्रमा भने लकडाउनमा कडाइ गर्ने नीति अवलम्बन गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित