- Loading...
हात मुख जोर्न झीस्मीसेमा खोलाको माछा मार्न बाध्य ।
- कृषि टि.भी.
- २ साल अघि
- १५ पटक पढिएको

आज मानिसहरु अलमल छन, उदास छन, सबैमा एकखालको छटपटी छ, सहाराविहीन छ, किन छ यस्तो अवस्था, कहिले सम्म हो ? अनुत्तरीत छ । सबैभन्दा ठुलो भुल यो थियो कि जब यो महामारीको पहिलो आक्रमण भयो तब मानिसहरुले यसको वेवास्ता गरी आफ्नो दैनिक जीवन सामान्य रुपमा चलाईरहे, सबैजना बाटोमा हिंडीरहे, आ आफ्नो काममा थिए, मनोरन्जन गरीरहेका थिए, यसर्थ साथीहरुमाझ भेला हुनु र भोज गर्नु सामान्य थियो । तर आज यो अवस्था रहँदै रहेन् ।
नोवेल कोरोना भाईरस नियन्त्रणका लागी सरकारले गत चैत ११ गते देखी देशमा लकडाउन घोषण ग¥यो । त्यसपछि देश पुर्ण रुपमा ठप्प भएको छ । मानीसहरु अत्यावश्यक काम बाहेक घर बाहीर निस्किएका छैनन् । तर चौदण्डीगढी नपा ०५ उदयपुरका महिलाहरुको लागि भने दैनिक जोहो गर्नै मुस्किल छ ।



यतिबेला त्यहाँको बजारमा खाद्यान्न तरकारीको कृत्रिम अभाव देखाईएको छ । विचौलीयाहरुले किसानलाई लुट्दै कालोबजारी गरेको लाखौँ कूम्ल्याईरहेका पनि छन् । तर यहि देशमा त्यस्ता घटना पनी छन्, जस्को घरमा विहान बेलुका चुलो बाल्न पनी कठीन छ ,जस्को बास बस्नको लागी रामो घर छैन,भात खानको लागी चामल आउने श्रोत पनी केही छैन । तरकारीको लागी पनी यस्तै समस्या छ जसले गर्दा यहाँका महिलाहरु बिहान बेलुका खाधान्नको जोहोको लागि माछा मार्ने काममै तल्लिन छन् ।

हात मुख जोर्नका लागी झीस्मीसे रातमा खाली पेट लिएर खोलाको माछा जालमा पर्ला र एकछाकको जोहो गरौँला भनेर दैनिक गुजार गरीरहेका यस्ता गरीब परिवारलाई स्थानीय तहदेखी सम्पुर्ण साथ र सहयोगको तत्काल आवाश्यकता रहेको छ ।

