FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • चियाको माग सुन्य ।

    • कृषि टि.भी.
    • २ साल अघि
    • १७ पटक पढिएको
    Post Thumbnail

    कोरोना भाइरसको त्रासले विश्वमा नेपाली तयारी चियाको माग शून्य भएको छ । बर्सेनी सवा तीन अर्ब रुपैयाँको तयारी चिया निकासी हुँदै आएकामा यसवर्ष कुनै पनि देशबाट माग नआएको उद्योगी–व्यवसायीले बताएका छन् ।

    कोभिड–१९ ले जर्मनी, अमेरिका, चीन, रुस, भारतलगायतका देश आक्रान्त बनेपछि नेपाली तयारी चियामा प्रत्यक्ष प्रभाव परेको छ । उक्त देशका व्यापारीले माग नगर्दा नेपालमा उत्पादित चियाको बजारबारे अन्योल देखिएको छ । विगतका चैत–वैशाखमा विशेष गरी जर्मनी, अमेरिका, चीन, जापान, फ्रान्स, नेदरल्यान्ड लगायत मुलुकका व्यापारी चियाको गुणस्तर हेर्न इलामका कारखानामै आउने गरेको थियो । तर यसवर्ष किसानले त्यही सिजनमा पहिलो टिपाइको हरियो चिया टिप्न समेत पाएनन । अहिले पत्ती निकै हुर्किएपछि टिपाइ त सुरु भएको छ । तर तयारी चियाको माग नआउँदा अलमल्ल परेको व्यवसायीको गुनासो छ । कोरोनाको असर चीनबाट अन्य देशमा सरेपछि विदेशी व्यापारीहरु पनि हच्किएको उद्योगी उदय चापागाईंको भनाई छ । यसअघि जर्मनीबाट चिया व्यापारीले बुकिङ गरेको माग पनि क्यान्सिल गरेपछि चियाको बजारसमेत अनिश्चित भएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित