FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बालीमा फौजी कीराको संक्रमण

    • कृषि टि.भी.
    • २ साल अघि
    • २४ पटक पढिएको
    Post Thumbnail

    आफूले लगाएको बालीमा फौजी कीराको संक्रमण देखिएपछि उदयपुरका किसान चिन्तित बनेका छन् ।
    किसानले लगाएको मकै तथा तरकारीजन्य हिउँदे बालीमा कीराले आक्रमण गरी क्षति पुरÞ्याएपछि उनीहरुलाई चिन्ताले सताउन थालेको छ । कीराको आक्रमणबाट किसानले लगाएको मकै र तरकारीमा नोक्सानी पुगेको छ । यस्तै डालेघाँसहरूमा पनि सोही कीराले आक्रमण गरेपछि पशुपालन गर्ने किसानलाई समेत असर गर्न थालेको छ । अहिले मकैको बिरुवा नै फौजीको आक्रमणले सखाप हुने अवस्था रहेको कटारी नगरपालिका–४ का किसान ज्ञानेन्द्र कोइरालाले जानकारी दिनुभएको छ ।

    यता तीन साता अघिदेखि सुरु भएको फौजीको प्रकोप नियन्त्रणमा आउन सकेको छैन । उक्त प्रकोप नियन्त्रणमा आउनुको सट्टा अझ फैलिँदै गएको कटारी नगरपालिका– १४का वडाध्यक्ष तेजबहादुर आलेमगरले बताउनुभयो । जिल्लाको पहाडी क्षेत्रका सयौँ हेक्टरमा लगाइएको मकैको बिरुवा कीराको प्रकोपले मर्न थालेको किसानहरूले बताएका छन् । सोही प्रकोप नियन्त्रण गर्न कृषि ज्ञान केन्द्रका प्राविधिक टोलीले स्थलगत अनुगमन गरिरहेको केन्द्रका प्रमुख नरनाथ रेग्मीले बताउनुभयो । तर लकडाउनका कारण कीरा नियन्त्रणका लागि विषादीसहितको प्राविधिक टोली गाउँमा खटाउन समस्या भएको प्रमुख रेग्मीले बताउनु भएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित