
- Loading...
सिन्धुलीमा खाद्यान्न लगायतका वस्तु आयातमा प्रतिबन्ध
- कृषि टि.भी.
- २ साल अघि
- १४ पटक पढिएको

सिन्धुलीमा तराईका विभिन्न जिल्लाबाट आयात हुने तरकारी, खाद्यान्न लगायतका वस्तुमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले तराईका विभिन्न जिल्लाबाट सिन्धुलीमा आयात हुँदै आएका फलफूल, तरकारी, माछामासु तथा अण्डा लगायतका वस्तु एक सातासम्म आयात तथा ढुवानीमा प्रतिबन्ध लगाएको छ ।


पछिल्लो समय प्रदेश २ का जिल्लाहरुमा कोरोना भाइरसका संक्रमित भेटिन थालेको छ । त्यसयता सिन्धुलीमा पनि संक्रमण फैलिन सक्ने भन्दै सोही अवधिलाई आयात प्रतिबन्ध गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो । अहिले जिल्लाका लागि आवश्यक सबै वस्तु तथा सामाग्री पनि पर्याप्त भएको उहाले दावी गर्नुभयो । बैठकले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा हालसम्म भएका प्रयासहरुका बारेमा समिक्षा गर्दै सचेतनामुलक कार्यक्रमलाई अझै व्यापक बनाउने निर्णय गरेको छ । संक्रमण फैलिन नदिन सचेतनामूलक कार्यक्रमका साथै लकडाउन अवधिभर सर्वसाधारणलाई घर बाहिर निस्कन नदिन राजनीतिक दलमार्फत कार्यकर्ता, भ्रातृ संगठनका कार्यकर्तालाई निर्देशन दिने पनि निर्णय भएको जनाइएको छ ।

