FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बाँझो जग्गामा खेती गर्ने किसानलाई अनुदान

    • कृषि टि.भी.
    • २ साल अघि
    • ९ पटक पढिएको
    Post Thumbnail

    गुल्मीको धुर्कोट गाउँपालिकाले खेती गर्ने किसानलाई अनुदान रकम दिने निर्णय गरेको छ । कोरोनाले खाद्य संकट हुन सक्ने भन्दै गाउँपालिकाले कृषिमा प्रोत्साहन गर्न अन्नबाली र फलफूल खेती गर्नेलाई अनुदान दिने निर्णय गरेको हो । अनुदान लिन चाहनेलाई आगामी १५ दिनभित्र वडा कार्यालयमा सम्पर्क राख्न गाउँपालिकाले आग्रह गरेको छ ।

    बाँझो जग्गामा सुन्तला, कागतीलगायत फलफूल खेती गरेमा प्रतिरोपनी तीन हजार र अन्नबाली, तरकारीबाली तथा मसलेदार खेती गरेमा प्रतिरोपनी चार हजारका दरले अनुदान दिने गाउँपालिका प्रमुख भुपाल पोखरेलले जानकारी दिनुभयो । लकडाउनका बेला गाउँपालिकाको तर्फबाट खाद्यान्न पाएका विपन्न र मजदुरले बाँझो जमिन लिजमा लिएर वा आफ्नै स्वामित्वमा रहेको जग्गामा खेती गरे प्रतिरोपनी पाँच हजारका दरले अनुदान रकम दिइने गाउपालिकाको निर्णयमा उल्लेख छ । तर कसैले खेतीयोग्य जमिन बाँझो राखेको पाइए आगामी गाउँ सभाबाट पास हुने गरी भूमिकर वृद्धि गरिने निर्णय भएको गाउँपालिका प्रमुख पोखरेलले बताउनुभयो । अनुदान रकम लिन विगत २ वर्षदेखि खेतीयोग्य जमिन बाँझो रहेको हुनुपर्ने पनि गाउँपालिकाले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित