- Loading...
पाँचथरका उच्च पहाडी क्षेत्रमा चौरीलाई आहाराको अभाव
- कृषि टि.भी.
- ३ साल अघि
- २१ पटक पढिएको

प्रजनन् हुने बेलामा पाँचथरका उच्च पहाडी क्षेत्रमा पालिएका चौरीलाई आहारा अभाव भएको छ । भारतसँग सीमा जोडिएका उच्च पहाडी क्षेत्रमा पालिएका चौरीका लागि आहारा नहुँदा समस्या भएको हो । चौरीपालक किसानका अनुसार प्रजननका बेला चौरीका लागि दाना अभाव भएको छ ।


जिल्लाको फालेलुङ र याङ्वरक गाउँपालिकाका विभिन्न ठाँउमा पालिएका चौरीका लागि आहारा सकिएको छ । उच्च पहाडी सीमावर्ती क्षेत्रमा रहेका गोठमा नजिकको भारतीय बजारबाट आहारा ल्याएर खुवाइने गरेको छ । फालेलुङको फालोटसम्म भारतीय गाडीले आहारा आपूर्ति गरी याङ्वरकका विभिन्न ठाँउका चौरी गोठमा पुर्याइने गरेका छन । चौरीपालकका अनुसार दाना, नुन, सर्वोत्तम आहाराको अभाव भएको हो । यसअघि भारतीय व्यापारीले यस सिजनमा आहारा उधारोमा दिदै आएका थिए । तर अहिले सीमा बन्द हुँदा चौंरीलाई दिने आहाराको समस्या भएको हो । चौरीलाई सन्तान उत्पादन गर्ने बेला बढी नै आहारा खुवाउनुपर्ने जानकारहरुले बताएका छन । फालेलुङस्थित फालोटका गोठ सञ्चालक चन्द्रलाल नेपालका अनुसार ढुवानीको विकल्प नहुँदा आहाराको अभाव भएको छ । फालेलुङको २१ गोठमा ६ सय र याङ्वरक गाउँपालिकाको १० गोठमा तीन सयको हारहारीमा चौरी रहेको बताइएको छ ।

