- Loading...
तरकारीले बजार नपाउँदा किसानलाई घाटा
- कृषि टि.भी.
- २ साल अघि
- १८ पटक पढिएको

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले बर्दियाका किसानलाई ठुलो क्षति पुगेको छ । स्थानीय किसानले लगाएको तरकारी तथा फलफुलले सहज रुपमा बजार नपाउदा करोडौको नोक्सानी बेर्होनु परेको छ ।


छिमेकी जिल्ला कैलालीमा समेत कोरोना भाइरसको संक्रमण देखापरेपछि बर्दियासँग जोडिएको सबै जिल्लामा आवतजावतमा रोक लगाइएको छ । एकअर्को जिल्लामा तरकारी तथा फलफुल निकासा नभएपछि किसानले क्षति बेर्होनु परेको छ । तर उत्पादन भएका तरकारीले बजार नपाए पनि किसानहरु भने लकडानको समयमा खेतबारीमै रमाएका छन । यता लकडाउनपछि जिल्लाको बढैयाताल गाँउपालिका ६ का किसानहरुले काँक्रा प्रतिकेजी ७ रुपौँयाका दरले बिक्रि गर्न थालेको स्थानीय जितु थारुले बताउनुभयो । प्रतिकेजी ६–७ रुपौँयामा खरिद गरी व्यापारीहरुले नेपालगन्जमा सोही काँक्रा प्रतिकेजी ४० देखि ५० रुपौँयामा बिक्रि गर्दै आएको छ । यस्तै सस्तो मुल्यमा बिक्रि नगरे दैनिक उत्पादन भएको काँक्रो पशुआहाराको विकल्प नभएको स्थानीयको भनाई छ । हरेक बर्ष काँक्रो खेतीमा मात्र एक लाखदेखि देढ लाखसम्म आम्दानी गर्दै आएको थियो । तर यसबर्ष लगानी नै गुम्ने डर भएको किसानहरुले बताएका छन । त्यस्तै हरियो साग प्रतिमुठा ५ रुपौँयामा खरिद गरी नेपालगन्जमा प्रति मुठा २० देखि २५ रुपौँयामा बिक्रि गर्दै आएको छ ।

