FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • दूधले बजार नपाउँदा सडकमै पोखियो ।

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २६ पटक पढिएको
    Post Thumbnail

    बन्दाबन्दीका कारण दूध बिक्रीवितरण नभएपछि बाँकेका किसानले दूध पोख्न बाध्य भएका छन् । कोहलपुर नगरपालिका–८ पिपरीस्थित प्रकृति गाईपालन केन्द्रका किसान विष्णु पोखरेलले मङ्गलबार बिक्री नभएपछि ४० लिटर दूध सडकमै पोख्नुभएको छ ।

    दुग्ध विकास संस्थानको कोहलपुरस्थित दुग्ध वितरण आयोजनाले मङ्गलबार दूध खरीद नगरेका कारण दूध पोख्न बाध्य भएको किसान पोखरेलले बताउनुभयो । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि जारी गरिएको बन्दाबन्दीले दूधको बिक्रीवितरण प्रभावित भएको छ । किसान पोखरेल जस्तै त्यहाँका दूध उत्पादक किसानदेखि दुग्ध व्यवसायी दैनिकजसो दूध पोख्न बाध्य छन् । दुग्ध व्यवसायीसँगै पशुपालनमा आधारित रहेर घरपरिवार चलाउँदै आएका किसानको लगानीसमेत घाटामा गइरहेको छ । बन्दाबन्दीका कारण डेरीले दूध खरीद नगरिदिँदा पशुपालन व्यवसाय पनि धराशायी हँुदै गएको डुडुवा गाउँपालिका–२ बेतहनीका किसान रामसोहन यादवले बताउनु भएको छ । गाउँबाट नेपालगञ्ज ल्याइएको दूधसमेत बिक्री नभएपछि पोखेर घर फर्कनुपरेको उहाँको गुनासो छ । ठूलो परिमाणमा दूध सङ्कलन गरी बिक्रीवितरण गर्दै आएको दुग्ध विकास संस्थानको कोहलपुरस्थित नेपालगञ्ज दुग्ध वितरण आयोजनाले लकडाउनपछि दूध सङ्कलनमा ५० प्रतिशत कटौती गरेको छ । आयोजनाले दैनिक १३ हजार लिटर खरीद गर्ने गरेकोमा लकडाउनपछि दैनिक ६ हजार लिटर सङ्कलन गर्ने गरिएको आयोजनाका प्रमुख योगेन्द्र साहले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित