FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • हुम्लाको नाम्खा गाउँपालिकामा खाद्यान्न अभाव

    • कृषि टि.भी.
    • २ साल अघि
    • १३ पटक पढिएको
    Post Thumbnail

    हुम्ला स्थित चीन सीमाको नाम्खा गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । कोभिड–१९ को जोखिम बढेपछि उत्तरी नाका बन्द हुँदा खाद्यान्न समस्या सिर्जना भएको हो ।

    नाम्खाका बासिन्दा लामो समयदेखि चिनियाँ खाद्यान्नमा निर्भर रहदै आएका छन् । गाउँपालिकाको जाङ, तिल, हल्जी, चाला, यारी, मुचु, तुम्कोटलगायत गाउँमा खाद्यान्न अभाव देखिएको मुचुका पाल्जोर लामाले जानकारी दिनुभएको छ । स्थानीय खाद्यान्न पाकि नसकेकाले अभाव भएको स्थानीयको भनाइ छ । उच्च हिमाली बस्ती भएकाले पनि स्थानीय उत्पादन न्यून हुने गरेको छ । वर्षौंदेखि खाद्यान्न र दैनिक उपभोग्य सामाग्री चिनियाँ बजारबाटै खरिद गनपर्र्ने उनीहरुको बाध्यता छ । तर अहिले लकडाउन र कोरोनाको जोखिमले चीनको ताक्लाकोटबाट खाद्यान्न ल्याउन समस्या भएको छ । यस्तै सीमा नाका बन्द हुँदा खाद्यान्न अभाव बढिरहेको नाम्खा–४ चालाका दोर्जे लामाले बताउनुभयो । यसवर्ष बढी हिउँ परेकाले लामो समयसम्म ताक्लाकोट जाने बाटो समेत खुल्न सकेन । यतिबेला हिउँ बिलाए पनि कोरोनाको डरले नाका बन्द हुँदा प्रायजसोको घरमा चामल लगायतका खाद्यान्न अभाव भएको छ । लिमीस्थित तिल, जाङ र हल्जीमा १ सय ६९ घरधुरी छन् भने चालामा ३५ परिवारको बसोवास छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित