FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बुटवलको पैँचो पसलले उपभोक्ताको घर‍‍घरमा तरकारी पु‍र्याउदै

    • कृषि टि.भी.
    • २ साल अघि
    • १५ पटक पढिएको
    Post Thumbnail

    बुटवलको पैँचो पसलले उपभोक्ताको घर‍‍घरमा तरकारी पुर्‍याउन थालेको छ । टाढाका उपभोक्ताहरू सवारी साधन चलाएर पसलसम्म आउन नसकेपछि घर–घरमै तरकारी पुर्‍याउन थालिएको हो ।

    बुटवल पूर्वका औद्योगिक क्षेत्र, पश्चिमका बेलबास, उत्तरका चिडियाखोला र दक्षिणका मंगापुरसम्मका उपभोक्तालाई निःशुल्क होम डेलिभरी सेवा सुरु गरिएको पैँचो पसल सञ्चालकले जनाएका छन् । पहाडी जिल्लामा उत्पादित तरकारी पैँचोले बुटवल ल्याएर सोझै र प्रशोधन गरेर बिक्री वितरण गर्दै आएको छ । तरकारी तथा फलफूल थोक र फुटकर बिक्रीका लागि बुटवलमा वातावरण अनुकूल तरकारी मार्ट र अन्य प्रशोधित उत्पादन बिक्रीका लागि डिपार्टमेन्ट स्टोर सञ्चालनमा आएको छ । यतिबेला लकडाउनमा बाहिर निस्कन नपाएका उपभोक्ताको मागअनुसार तरकारी र अन्य खाद्यान्न घर–घरमा पुर्‍याइदिन थालेको हो । पैँचो पसलका व्यवस्थापक विष्णु भण्डारीका अनुसार उपभोक्ताले कम्तीमा एक हजार रूपैयाँको सामान माग गर्दा निःशुल्क ढुवानीको व्यवस्था छ । उपभोक्ताले तरकारी र अन्य खाद्यान्नको माग टेलिफोनमार्फत गर्नसक्ने र माग गरेको एक घण्टाभित्रै कर्मचारीमार्फत घरघरमा पुर्‍याउन सकिने व्यवस्थापक भण्डारीले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित