FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • लकडाउनका कारण झापाको दक्षिणी क्षेत्रमा उत्पादित खरबुजा बिक्री भएन

    • कृषि टि.भी.
    • २ साल अघि
    • १३ पटक पढिएको
    Post Thumbnail

    कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण झापाका दक्षिणी क्षेत्रमा व्यावसायिक खरबुजा खेती गर्दै आएका किसान मर्कामा परेका छन् । लकडाउनपछि जिल्लाको गौरीगञ्ज क्षेत्रका किसानले लगाएको सयाँै बिघाको उत्पादित खरबुजा बजारसम्म पु¥याउन नसक्दा बारीमै कुहिने अवस्था आएको किसानको गुनासो छ ।

    गौरीगञ्ज गाउँपालिका–१रङ्गियाथानका किसानले कन्काई खोलाको बगरमा लगाएको खरबुजा र तरबुजा खेतमै कुहिने अवस्थामा पुगेको किसान कैलाश राजवंशीले बताउनुभयो । पाँच बिघामा लगाएको खरबुजा पाकेर बेच्ने समयमा एक्कासि यातायात र बजार बन्द हुँदा करिब १० लाख मुल्य बराबरको खरबुजा खेतमै सड्ने अवस्थामा पुगेको छ । सोही खेती गर्न किसान राजवंशीले बैंकबाट चार लाख ऋण लिएको जानकारी दिनुभएको छ । पाकेको खरबुजाले बजार नपाउँदा यसपटक बैंकको ऋण तिर्न समेत समस्या हुने उहाँको दुःखेसो छ । राजवंशीसँगै सोही क्षेत्रका ३० भन्दा बढी युवाले खरबुजा र तरबुजाको व्यावसायिक खेती गर्दै आएका छन् । यता लकडाउन अझै थपिए आफूहरुले उत्पादन गरेको खरबुजा बजारसम्म लैजाने वातावरण बनाइदिन सरकारसँग उनीहरुले आग्रह गरेका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित