- Loading...
कृषि क्षेत्रमा रमाउँदै अधिकांश किसान
- कृषि टि.भी.
- २ साल अघि
- १४ पटक पढिएको

लकडाउनका कारण सहर छाडेर गाउँमा पुगेसँगै अधिकांश व्यक्ति खेतीपातीमा व्यस्त भएका छन् । कृषि पेशा छाडेर सहर पसेकाहरू पनि गाउँ फर्किएर मद्दत गरेपछि कृषि क्षेत्रमा कामदारको अभाव हटेको छ ।


कोरोना भाइरसको त्रासका बीच सहरीयाहरू पनि घरगोठको काममा व्यस्त देखिएका छन् । तर सहर र विदेशबाट घर फर्किएका आफ्नै परिवारका सदस्यबाट कोरोना विषाणु भित्रिने हो कि भन्ने चिन्ता भने गाउँवासीलाई थपिएको छ । पाखो बारीमा मकै छर्न र सिँचाइ सुविधा भएका खेतमा चैतेधान रोप्न मानिसको चहलपहल बढेको छ । विशेष गरी अहिले चैतेधान रोप्ने र मकै लगाउने समय भएकाले सोही काममा खटिएका हुन् । तनहुँको चुँदी, कलेस्ती, साँगे, पुर्कोट, सेराफाँट, म्याग्दे, भिमाद, आँबुखैरेनी लगायतका क्षेत्र चैतेधानका लागि प्रख्यात मानिएका छन् । उक्त क्षेत्रका अधिकांश मानिसलाई यतिबेला चैतेधान रोप्न र मकै छर्न चटारो रहेको म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले बताउनुभयो । तर धान रोपाईमा पनि उनीहरूले सामाजिक दूरी कायम गर्ने गरेका छन् । पुख्र्यौली थलो छाडेर सहर पसेका परिवारका सदस्य गाउँ फर्किएपछि कृषिमा मद्दत मिलेको अधिकांश स्थानीयको भनाई छ ।

