FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • हिमालयन स्ट्रबेरी फार्मले जाम बनाउन शुरु

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २६ पटक पढिएको
    Post Thumbnail

    लकडाउनका कारण कतिपय ठाउँमा फलफूल तथा सागसब्जीले बजार नपाइरहेका बेला केही किसानले भने त्यसको विकल्प निकालेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका स्थित हिमालयन स्ट्रबेरी फार्मले जाम बनाएर बिक्री गर्न थालेको छ ।

    लकडाउनका सुरुको दिनमा दुई सय किलो स्ट्रबेरी त्यसै फ्याँक्नु परेपनि अहिले आफैंले त्यसको जाम बनाएर बिक्री गरिरहेको फार्मका सञ्चालक लवराज उपाध्यायले जानकारी दिनुभयो । सञ्चालक उपाध्यायका अनुसार प्रतिकेजी ४ सय रुपैयाँका दरले अहिलेसम्म २५ केजी जाम बिक्री भइ सकेकोे छ । लबराज, चक्र जोशी र श्याम थापामगरले २० लाख रुपैयाँको सामूहिक लगानीमा आठ रोपनी क्षेत्रफलमा स्ट्रबेरी खेती गरेको एकवर्ष भइसकेको छ । कोरियामा कृषि क्षेत्रमा काम गरेर स्वदेश फर्किएपछि उनीहरूले फार्म सञ्चालन गर्नु भएको बताइएको छ । अहिले दैनिक २० देखि ३० केजी स्ट्रबेरीलाई पकाएर ६ केजीसम्म जाम तयार गर्ने गरिएको उनीहरुको भनाई छ । तर वर्षभरीको लगानी उठाउने बेलामै कोभिड–१९ संक्रमण फैलिन थालेपछि व्यापार नहुँदा सस्तोमै भएपनि बिक्री गर्नुपरेको उनीहरुले बताएका छन । यसअघि काठमाडौंका होटल तथा रेस्टुरेन्टमा त्यहाँस्थित उत्पादित स्ट्रबेरी प्रतिकेजी ८ देखि ९ सय रुपैयाँसम्ममा बिक्री हुदै आएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित