FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • शनिबारबाट उपत्यकाको ११ स्थानबाट तरकारी बिक्री ह्ँदै

    • कृषि टि.भी.
    • २ साल अघि
    • ११ पटक पढिएको
    Post Thumbnail

    देशकै ठूलो तरकारी बजार कालीमाटीका व्यापारीले न्यूनतम सुविधा नभएको भन्दै अटेर गरी कालीमाटीमै पुनः तरकारीको कारोबार सुरु गरेका छन् । त्यसयता बजारमा भीडभाड बढेको छ ।

    काठमाण्डौ महानगरपालिकाले कालीमाटीमा भित्रिएको तरकारी थोक व्यापारीमार्फत महानगरले तोकेका बिक्री केन्द्रमा पु¥याउने प्रबन्ध मिलाउन व्यापारीलाई आग्रह गरेको छ । तर त्यस्ता व्यापारीले भने महानगरको निर्णयलाई नै अवज्ञा गरेको पाइएको छ । तरकारी बिक्रीका महानगरले अस्थायी बिक्री केन्द्रका रुपमा कलङ्की, बाफल, स्वयम्भू, वनस्थली, गोङ्गबुसहित वसुन्धरा चोकलाई तोकेको छ । यस्तै गोपीकृष्ण चोक, लैनचौर, तीनकुने, कोटेश्वर र रत्नपार्कमा पनि यस्तै केन्दको व्यवस्था गरेको छ । त्यसमध्ये कलङ्की, स्वयम्भू र वनस्थली चोकबाट गत बिहीबारदेखि निरन्तर तरकारी बिक्री भएपनि अन्य स्थानबाट तरकारी बिक्री हुन सकेको छैन । यता सरकारले किनमेलमा सामाजिक दूरी कायम राख्न आग्रह गरेपनि उपभोक्ताले पालना नगरेको सरोकारवालाहरुको भनाई छ । तरकारी तथा खाद्यान्न वस्तु किनमेलमा उपभोक्ताको भीड लाग्ने गरेको छ । नेपाल तरकारी व्यवसायी सङ्घले बिहीबार सूचनामार्फत आउँदो शनिबारबाट सबै थोक बजारमा कोरोना भाइरसको जोखिम हुने भन्दै भीड नगर्न पनि व्यापारीलाई आग्रह गरिएको समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित