FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बर्दियामा गहुँ भित्राउने चटारो

    • कृषि टि.भी.
    • २ साल अघि
    • १७ पटक पढिएको
    Post Thumbnail

    लकडाउनलाई पालना गर्दै बर्दियाका किसानहरुले गहुँ भित्राउन शुरु गरेका छन । लकडाउनलाई मध्यनजर गर्दै स्थानीयले विहान ५ बजेदेखि गहुँ काट्न खेतमा जाने गरेका छन् ।

    विहानभर गहुँ काट्न खेतमा जाने र १० बजेपछि उनीहरु घर फर्कने जानकारी दिएका छन् । यस्तै दिउँसो चर्को घाम र लकडाउनका कारण पनि किसानलाई रातिसम्म गहुँ भित्राउने चटारो छ । गहुँ काट्ने समय घट्किदै गएपछि किसानहरु दिनरात गहुँ भित्राउनमा लागेका हुन् । यसअघिको बेमौसमी झरीले सोही खेतीमा असर गर्दा उत्पादनमा समेत प्रभाव परेको छ । यतिबेला विश्वभरी महामरीको रुपमा फैलिएको कोरोना भाइरसका कारण लकडान भएपछि खाद्यान्नसमेत अभाव हुने देखिएको छ । तर किसानले उत्पादन गरेको गहुँ समयमै भित्राउन सके खाद्यान्न अभावमा टेवा मिल्ने स्थानीय किसान गोर्वधन थारुले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित