- Loading...
काउली बिक्री नहुँदा किसानलाई घाटा
- कृषि टि.भी.
- ३ साल अघि
- ४८ पटक पढिएको

एक रोपनी खेतमा लगाएको काउली बिक्री गर्न नपाएपछि ताप्लेजुङस्थित फुङलिङका होमनाथ गिरी चिन्तित हुनुभएको छ । लकडाउनका कारण हिउँदभरीको मिहेनत खेर जाने अवस्था आएको गिरीले गुनासो छ ।


डोकोमा तीन घण्टा उकालो हिँडेर फुङलिङ बजार पुर्याउँदा समेत किन्ने मान्छे नभएको उहाको भनाई छ । बजार पसल सबै बन्द हुँदा जिल्लाका अधिकांश तरकारी उत्पादक किसान मारमा परेको छ । सरकारले अन्तर पालिका आवतजावत बन्द गरेपछि नजिकैको दोभान र हान्द्रुङ बजारमा समेत लैजान नपाएको तरकारी व्यवसायीहरुले बताएका छन । दोभान मेरिङ्देन र हान्द्रुङ मिक्वाखोला गाउँपालिकामा पर्ने साना बजार रहेका छन । यस्तै जिल्ला कुखुरा व्यवसायी संघका अध्यक्ष नरेन्द्र मादेनका अनुसार ताप्लेजुङमा ३० क्विन्टल ब्रोइलर कुखुरा उत्पादन भएको छ । तर बजारमा खरिद गर्ने ग्राहक नहुँदा समयमा बिक्री नभएको कुखुरा व्यवसायीहरुको भनाई छ । यता बिक्रीका लागि योग्य कुखुरालाई अहिले दैनिक रुपमा ९० हजार रुपैयाँ बराबरको दाना खपत हुने गरेको छ । तर बजारमा दाना अभाव भएपछि कुखुरा फाल्ने अवस्थामा पुगेको कुखुरा उत्पादक किसानहरुले बताएका छन । फुङलिङकै फावाखोला रेन्बो ट्राउट फार्ममा उत्पादित माछाले बजार नपाउँदा व्यवसायी संकटमा परेको छ । त्यहाँस्थित माछा यसअघि पाँचथर, इलाम र झापामा बिक्री हँुदै आएको थियो ।

