FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • नेपाल खाद्य संस्थान हुम्लाले खाद्यान्न वितरण शुरु

    • कृषि टि.भी.
    • २ साल अघि
    • १३ पटक पढिएको
    Post Thumbnail

    नेपाल खाद्य संस्थान हुम्लाले लकडाउनका बीच भोकमरीबाट मुक्त हुन खाद्यान्न वितरण शुरु गरेको छ । लामो समयदेखि खाद्यान्न बिक्रीवितरण नगर्दा स्थानीयले खाद्यान्न समस्या भोग्दै आएका थिए । तर अहिले संस्थानले सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकाका सर्वसाधारणका लागि खाद्यान्न बिक्री शुरु गरेको हो ।

    खार्पुनाथ र नाम्खा गाउँपालिकालाई २ सय ८२ क्विन्टल २० केजी खाद्यान्न बिक्री गरिएको संस्थानले जनाएको छ । यस्तै सिमकोट गाउँपालिकाले पनि खाद्यान्न वितरण शुरु गरेको छ । सोही गाउँपालिकाको ५ नं. वडा कार्यालयले भीडभाड कम हुनेगरी प्रतिव्यक्ति पाँच केजीका दरले वितरण गरेको वडाध्यक्ष कृष्ण बोहोराले जानकारी दिनुभयो । त्यहाँस्थित एक बोरा चामलको मूल्य एक हजार नौ सय परेको छ । लकडाउनका कारण खाद्य संस्थानले सम्बन्धित गाउँपालिकाको रोहबरमा चामल वितरण गरेको हो । लकडाउनमा हुम्लामा खाद्यान्न समस्या हुने देखिएपछि सरकारले हवाई मार्गबाट खाद्यान्न ढुवानी गरिरहेको छ । अहिले नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्ग भएर सिमकोटमा करिव ६ हजार क्विन्टल चामल भित्रिएको खाद्य संस्थान हुम्लाका प्रमुख रामबहादुर विष्टले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित