- Loading...
उपत्यकाको ८ स्थानबाट तरकारीको थोक बिक्री सुरु
- कृषि टि.भी.
- ३ साल अघि
- १९ पटक पढिएको

काठमाडौं महानगरपालिकाको समन्वयमा उपत्यकाका आठ स्थानबाट तरकारीको थोक बिक्री सुरु भएको छ । थप तीन स्थानमा भने आइतबारसम्ममा सुरु हुने महानगरका कृषि प्रमुख हरिबहादुर भण्डारीले बताउनभयो । तीन वटा पार्टी प्यालेसबाट पनि तरकारी बिक्री सुरु गरिने भएको छ । सोही ठाउँमा अहिले बिजुलीको समस्या देखिएको र बत्ती जडान हुनासाथ बिक्री सुरु गरिने बताइएको छ ।


उपत्यकाका ११ स्थानबाट तरकारीको थोक बिक्री सुरु गर्न लागिएको हो । गत चैत २५ गतेको निर्णय अनुसार काम सुरु भएको छ । यता रत्नपार्क र लैनचौरमा पनि शनिबारबाट बिक्री सुरु भएको हो । यस्तै तीनकुनेमा भने त्यहीँ रहेको तरकारी बजारबाहिर थप गरिएको छ । अन्य ६ ठाउँमा कालीमाटी फलफूल तथा तरकारी बजार, चार ठाउँमा बल्खु र एक ठाउँमा गैरआवासीय नेपाली संघअन्तर्गतको मुना कृषि लिमिटेडले तरकारी बिक्री गर्ने जिम्मा लिएका छन । मुनाले बसुन्धराको यती पार्टी प्यालेसमा व्यवस्थित तरिकाले तरकारी बिक्री गर्न लागेको प्रमुख भण्डारीले बताउनुभयो । यसअघि तोकिएका केन्द्रमा तलमाथि भएपनि ११ मध्ये बाफल, वसुन्धरा र गोपीकृष्णको नवदुर्गा पार्टी प्यालेसबाट तरकारी उपलब्ध गराइने भएको छ ।

