FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पूर्वी चितवनमा हावाहुरीले केराखेती क्षति

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २२ पटक पढिएको
    Post Thumbnail

    पूर्वी चितवनमा हावाहुरीले ठूलो परिमाणमा केराखेती नोक्सान गरेको छ । भारी वर्षासहित शुक्रबार बेलुकी आएको हावाहुरीले करिब एक करोड बढीको क्षति भएको अनुमान गरिएको छ । हावाहुरीले रत्ननगर, कालिका, राप्ती नगरपालिकादेखि पिप्लेसम्मको केरा नष्ट गरेको हो । यस्तै पश्चिम चितवन क्षेत्रका केरा बारीमा समेत नोक्सान भएको स्थानीयले बताएका छन् ।

    लकडाउनका कारण तयार भएको केरा बजारमा लैजान नसकेको अवस्थामा हावाहुरीले सयौँ किसानका केरा नोक्सान गरेको हो । कुन किसानको कति केरा नोक्सानी भएको भन्ने यकिन तथ्यांक आइनसकेको केरा उत्पादक संघका निवर्तमान अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिऐनुभयो । अध्यक्ष पन्तका अनुसार सबै तथ्यांक आउन अझै केही दिन लाग्‍ने बताइएको छ । हावाहुरीका कारण पसाउन लागेका, पसाएका र पाकेका केरामा क्षति पुगेको छ । जिल्लाकै पकेट क्षेत्र मानिएको त्यसक्षेत्रमा उत्पादन हुने केरा देशभर खपत हुँदै आएको थियो । हावाहुरीकै कारण एउटै किसानको लाखौंको क्षति पुगेको छ । केही किसानले बोटको बिमा गरेपनि अधिकांश किसानले बिमा गरेका छैनन् । यता रत्‍ननगरका केही केरा व्यवसायीले केरा नष्ट भएपनि अवलोकन गर्न समितिबाट प्रतिनिधि नआएको गुनासो गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित