FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बारीमै कुहियो किसानको तरकारी

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २६ पटक पढिएको
    Post Thumbnail

    कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेसँगै भोजपुरका तरकारी व्यवसायी समस्यामा परेका छन् । आफ्नो खेतबारीमा उत्पादन भएको तरकारी बिक्रीका लागि बजारसम्म पु‍र्याउन नसक्दा उनीहरु मारमा परेका हुन् ।

    सानो बजार क्षेत्रका कारण उत्पादित तरकारीले बजार नपाएपछि तरकारी खेती गर्ने व्यवसायिक किसान चिन्तित बनेका छन् । स्थानीय हाटबजार बन्द हुँदा किसानको तरकारी बिक्री हुन छाडेको छ । साना किसानले डोकोमा बोकेरै तरकारी बिक्री गरेपछि व्यावसायिक किसानको तरकारी भने खपत नभएको हो । त्यस्ता समस्याले उनीहरुको तरकारी बारीमै कुहिन थालेको छ । भोजपुर नगरपालिका–५ का किसान गीता विष्टका अनुसार बजारमा तरकारी बिक्रीका लागि लैजान नपाएपछि समस्या भएको छ । यतिबेला उत्पादित तरकारी गाईवस्तुलाई खुवाउनुपर्ने अवस्था आएको छ । हप्तामा शनिबार र बुधबार लाग्ने स्थानीय बजार बन्द भएपछि काउली, बन्दा, आलु, सागलगायतका तरकारी बारीमै कुहिन थालेको उनीहरुको भनाइ छ । खेतीको सिजनमा लकडाउन भएपछि कामदारको अभाव तथा बीउबिजन ल्याउन नसकिएको किसानहरुले बताएका छन् । यता तरकारी बिक्री नभएपछि आर्थिक संकटमा परेको किसानको गुनासो छ । भोजपुरको बोखिम, पोखरे, टक्सार, आमतेक लगायत ठाउँका स्थानीयले व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित