FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • राहतको नाममा अखाद्य नुन वितरण

    • कृषि टि.भी.
    • २ साल अघि
    • ११ पटक पढिएको
    Post Thumbnail

    जुम्लाको नराकोटस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको डिपोले अखाद्य नुन बेचेपछि डिपोमै सिल गरिएको छ । हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाका अनुसार गाउँपालिकाको सुझाव नटेर्दै डिपोले म्याद सकिएको नुन बेचेको होे ।

    उहाका अनुसार राहतको लागि नुन खरिद गर्नुपूर्व डिपो प्रमुखलाई राम्रो नुन उपलब्ध गराउन आग्रह गरेपनि योग्य नुन भन्दै अखाद्य नुन दिइएको छ । यता सिँजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले पनि डिपोमा २०१३ लेखेको नुन रहेको बताउनुभयो । हिमा गाउँपालिकामा भने ४० बोरा नुन २०१६÷२०१७ लेखिएको वितरण भएको छ । राहतको नाममा म्याद सकिएको नुन बाँडेको भन्दै उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले चैत २८ गते नुनको गुणस्तर सम्बन्धमा स्पष्टीकरण लिएको स्रोतले जनाएको छ । तर प्रशासनले मागेको विवरण भने डिपोले अझै उपलब्ध गराउन सकेको छैन । उक्त नुन नबेच्न जिल्ला प्रशासन कार्यालयले दिएको आदेशसमेत नटेरेपछि डिपो नै सिल गरिएको छ । डिपो भवनको मूल ढोकामा रहेको तालामाथि अर्को ताला लगाउदै भवनबाहिर रहेको ४८ बोरा नुनसमेत सिल गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित