- Loading...
दूध ढुवानीमा प्रहरीको अवरोध
- कृषि टि.भी.
- ३ साल अघि
- ३२ पटक पढिएको

सरकारले दुधलाई अतिआवश्यकीय बस्तुभित्र समेटे पनि प्रहरी प्रशासनले भने ढुवानीमा समस्या दिदै आएको छ । पछिल्ला केही दिनयता दूध ढुवानी गर्ने ट्यांकरलाई रोक्नेदेखि चालकलाई कुटपिटसम्म गरेको गुनासो बढ्न थालेको छ । डेरी सञ्चालकहरुले उच्च जोखिम मोलेर किसानका दूध उठाइरहेकोे उनीहरुले बताएका छन ।


तर प्रहरी प्रशासनको धरपकडले व्यवसाय नै संकटमा परेको डेरी व्यवसायीहरुको भनाई छ । केही दिनअघि विभिन्न डेरीका ट्यांकरहरु नारायणघाट र मुग्लिनमा ५ घण्टा प्रहरीले रोकेको थियो । यस्तै गत शुक्रबार दुग्ध विकास संस्थानको दूध कोहलरपुस्थित नेपालगन्ज दुग्ध वितरण आयोजनाबाट सुर्खेत लैजाँदै गरेको ४ हजार ७५० लिटर दूध बबईबाट प्रहरीले फिर्ता गराएको छ । डीडीसीको दूध वीरेन्द्रनगरको औधोगिक क्षेत्रमा रहेको सुर्खेत डेरीले बिक्रीका लागि लाने गरेको छ । सरकारले अतिआवश्यक बस्तुको रुपमा दूधलाई राखेपनि प्रहरी र नेपाली सेनाले अवरोध गरिरहेको नेपाल डेरी एशोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताउनुभयो । कोरोना भाइरसका संक्रमण बढिरहेको बेला डेरी सञ्चालक र श्रमिकले जोखिम मोलेर काम गर्दा सरकारले सहयोग गर्नुको साटो विभिन्न समयमा अवरोध पुर्याउने गरेको छ ।

