FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • लकडाउनकै बीचमा कुखुरा वितरण

    • कृषि टि.भी.
    • २ साल अघि
    • १७ पटक पढिएको
    Post Thumbnail

    मुलुकभर गरिएको लकडाउनले अत्यावश्यक कामबाहेकका सबै काम ठप्प भएका छन् । लकडाउनको पूर्ण पालना गर्न सरकारको निर्देशन अनुसार स्थानीय तह पनि लागेका छन् । तर बैतडीको दोगडाकेदार गाउँपालिकाले लकडाउनकै बेला कुखुरा वितरण गरेको छ ।

    उक्त गाउँपालिकाको आकस्मिक बाहेकका सबै काम बन्द रहेका बेला कुखुरा वितरण गरिएको हो । गाउँपालिकामा दर्ता भएका कुखुरा फार्म तथा खोर बनाएका किसानलाई आइतबार ७ सय कुखुरा वितरण गरिएको कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिनुभयो । लकडाउनभन्दा अगाडि वितरण गर्ने योजना रहेपनि कुखुरा ठूला हुँदै जाँदा समस्या भएपछि लकडाउनकै बीचमा बाँडिएको हो । व्यावसायिक रूपमा कुखुरापालन गरिरहेका किसानलाई चार हप्ताका चल्ला बाँड्ने कार्यक्रम रहेको थियो । तर लकडाउनका कारण चल्ला वितरण गर्न नसकिएको बताइएको छ । विभिन्न वडाका आठ जना किसानलाई कुखुरा वितरण गरिएको स्रोतले बताएको छ । यता बैतडीकै सुर्नया गाउँपालिकामा रहेको कुखुरा फार्मबाट कुखुरा जीपमा लगेर त्यस गाउँपालिकामा बाँडिएको छ । लकडाउनमा कडाइ गर्न भन्दै चैत २५ गते गाउँपालिकाले अन्तरपालिका आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय विपरीत कुखुरा वितरण गरेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित