- Loading...
(Untitled)
- कृषि टि.भी.
- ३ साल अघि
- २९ पटक पढिएको

नोबेल कोरोना भाइरसबाट बिश्वमा सिर्जना भएको विषम परिस्थितिलाई ब्यबस्थापन गर्न सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरेको छ । सोही लकडाउनपछि आधारभुत सामाग्री उपभोगबाट बन्चित नगरबासीलाई मोरङको सुन्दरहरैंचा नगरपालिकाले राहत बितरण गरेको छ ।


सुन्दरहरैचा नगरपालिकाको सर्वपक्षीय बैठकबाट गठन भएको नगरस्तरिय सर्वपक्षीय बिपत ब्यब्स्थापन समितीमार्फत विभिन्न ब्यक्ति तथा संघ संस्थाले नगर कार्यपालिकाको कार्यालयमा राहत उपलब्ध गरेका छन । सहयोगी व्यक्ति तथा संघस्थाबाट हालसम्म नगरलाई १ लाख ३ हजार ४ सय ९४ केजी चामल, ३ हजार १ सय ८५ केजी दाल, ४ हजार ९ सय ७५ केजी नुन र २ सय ५० लिटर खानेतेल उपलब्ध गराएको छ । नगरपालिका क्षेत्रका मनकारी सहयोगी व्यक्तिहरु तथा संघ संस्थाहरुबाट नै राहत उपलब्ध भएको नगरस्तरीय बिपत ब्यब्स्थापन समितीका संयोजक तथा नगर प्रमुख शिवप्रसाद ढकालले बताउनुभयो । नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा ज्याला मजदुरी गरि खाने अति बिपन्न, असक्त, असाहय, अपाङ्ग भएका व्यक्ति तथा असाहय बालबालिकालाई राहत वितरण कार्यक्रम भईरहेको पनि नगर प्रमुख ढकालले जानकारी दिनुभयो । पहिलो चरणमा १२ वटै बडा कार्यालयमार्फत १ हजार ८ सय परिवार, दोस्रो चरणमा ३ हजार ४५ र तेस्रो चरणमा ९ हजार ६ सय २५ परिवारलाई राहत वितरण गरेका छन । प्रतिपरिवार २० केजी चामल, १ केजी नुन, १ केजी दाल वितरण गरेको नगरपालिकाले जनाएको छ । श्रीकृष्ण प्रणामी बाल सेवा आश्रम र नयाँ बृन्द्धाबन गौशला पाठशालालाई दुई दुई सय केजी चामल, १०÷१० केजी दाल, ५÷५ केजी नुन र तेल वितरण गरेका छ्न । त्यस्तै नगरपालिकाले किसानको तरकारी खेतबारीबाटै खरिद गरि सहुलित दरमा नगरको प्रत्येक वडाको घर घरमा पुर्याउने व्यवस्था मिलाएको छ । किसानको बारीमै तरकारी खेर जानू भन्दा नगरले ३ वटा सवारी साधन प्रयोग गरि खरिद गरेको नगरप्रमुख ढकाल बताउनुभयो ।

