FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • भक्तपुरका सञ्चारकर्मीहरुलाई सुरक्षा सामाग्री प्रदान

    • कृषि टि.भी.
    • २ साल अघि
    • १४ पटक पढिएको
    Post Thumbnail

    भक्तपुरको सुर्यनगर टोल विकास समाजले भक्तपुरका सञ्चारकर्मीहरुलाई सुरक्षा सामाग्री प्रदान गरेको छ । रिर्पोटिङ्गका सन्दर्भमा बिभिन्न स्थानमा पुग्नुपर्ने र त्यसले सञ्चारकर्मीलाई जोखिम बढाउने भन्दै सञ्चारकर्मीका लागि स्यानिटाइजर, मास्क, ग्लोब्सलगायतका सामाग्री प्रदान गरेको हो ।

    विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस बिरुद्धको लडाईमा जोखिम मोल्दै अहोरात्र कार्यक्षेत्रमा खट्ने पत्रकारहरुका लागि सुरक्षा सामाग्री प्रदान गरिएकोमा नेपाल पत्रकार महासंघका अध्यक्ष पुष्करराज बुढाथोकीले धन्यवाद व्यक्त गर्नुभयो । समाजले भक्तपुरको सल्लाघारी क्षेत्रमा रहेका बिपन्न र दैनिक ज्यालादारी गरि जिविकोपार्जन गर्ने विपन्न २८ मजदुरलाई समेत खाद्यान्न सामाग्री प्रदान गरिएको समाजका अध्यक्ष बालकृष्ण न्यौपानेले जानकारी दिनुभयो । जिल्लाका सञ्चारकर्मीहरुलाई स्यानिटाइजर, मास्क, ग्लोब्सलगायतका सामाग्री प्रदान गरिएको समाजका सल्लाहकार एवम् नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोबिन्द चौलागाईले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित