- Loading...
१८ मजदुर २६ दिनदेखि जंगलमा अलपत्र
- कृषि टि.भी.
- २ साल अघि
- १३ पटक पढिएको

भक्तपुरको चाँगुनारायण नगरपालिकाले निर्माण गरेको ट्रेकिङ्ग ट्रयालको काम गर्न आएका १८ श्रमिक मजदुर २६ दिनदेखि जंगलमै बास बस्न बाध्य भएका छन् । नगरपालिकाले पर्यटकिय गन्तव्यका रुपमा चाँगुनारायण नगरपालिका ७ र ८ नं. वडामा ट्रयालको निर्माण गरिरहेको छ ।


पर्यटक ट्रेकिङ्ग ट्रयालमा काम गर्न आएका मजदुरहरु लकडाउनका कारण जंगलमै अलपत्र परेपछि उनीहरुलाई जंगलमै बास बस्ने व्यवस्था मिलाइएको छ् । नगरपालिकाले ४ करोडको लागतमा निर्माण गरेको मुहान पोखरीदेखी नगरकोटको महादेव स्थानसम्म निर्माण गरिरहेको ४ किमि टे«किङ्ग ट्रयायल निर्माणकै क्रममा लकडाउन भएपछि अछाम, रुकुम, जाजरकोट, सिन्धुलीलगायतका १८ जना मजदुरहरु जंगलमा समय बिताउन बाध्य भएका हुन् । उनीहरुलाई नगरपालिकाले राहतका रुपमा खाद्यान्न सामाग्री उपलब्ध गराए पनि जंगलमै कष्टकर जीवन विताउन बाध्य हुनुपरेको मजदुरहरुको गुनासो छ । उनीहरुले लकडाउनको समयमा सरकारले घर जान सक्ने वातावरण सिर्जना गरिदिन सरकारसँग आग्रह समेत गरेका छन् । यता चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोमप्रसाद मिश्रले भने उनीहरुलाई क्वारेन्टाइनमा राखिएको बताउनुभएको छ ।

