FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • चार विगाहामा चार रुपैँयाको पनि आम्दानी भएन

    • कृषि टि.भी.
    • २ साल अघि
    • १९ पटक पढिएको
    Post Thumbnail

    लाखौँ लगानी गरेर उत्पादन गरेका तरकारी लकडाउनका कारण बिक्रि नभएपछि बाँकेका किसान चिन्तित भएका छन् । उत्पादन भएका अन्य केही तरकारी बिक्रि भएपनि बन्दागोभीमा लगानी खेर गएको स्थानीयको भनाई छ । बन्दागोभी बढि मात्रामा हाटेलहरुमा प्रयोग हुने गरेको छ ।

    तर लकडाउनकै कारण होटल बन्द भएपछि बिक्रि गर्न नसकेको बाँकेको जैसपुरका किसान लल्लन कबडियाले बताउनुभयो । उहाका अनुसार अहिले बन्दागोभी खेतमै कुहिन लागेको छ । यता लकडाउन बीचमा पनि भारतीय तरकारी आयत हुँदा स्थानीय उत्पादनले बजार पाउन नसकेको हो । यस्तै ४ लाखको लगानीमा चार विगाहामा उत्पादन भएको तरकारीले चार रुपैयाको पनि आम्दानी नभएको किसान कबडियाले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित