- Loading...
कुखुरा बिक्री नभएपछि दयारामलाई संकट
- कृषि टि.भी.
- ३ साल अघि
- २८ पटक पढिएको

विश्वभर फैलिएको कोभिड–१९ भाइरसको महामारीले यतिबेला दैनिक ज्याला मजदुरी गर्ने बर्ग मात्र होइन किसानसमेत मारमा परेका छन । मोरङको सुन्दरहरैंचा नगर क्षेत्रमा पालिएका कुखुराले बजार नपाउँदा किसानलाई थप सास्ती थपिएको छ ।


मोरङ सुन्दरहरैंचा नगरपालिका २ स्थित एउटा कृषि फार्ममा ५ हजार कुखुरा बिक्रीका लागि उत्पादन भएपनि लकडाउनले बजार नपाएसँगै दाना खुवाउन नसक्दा खाल्डोमा पुर्नु पर्ने अवस्था आएको छ । दयाराम फुयाल यतिबेला निकै बिजोगमा छ, । देशमा भएको लकडाउनले दाना पर्याप्त रुपमा पुर्याउन नसक्दा दिनप्रति दिन कुखुरा मरिरहेको छ । आफ्नो दुखेसो यसरी उहाँ हामी समक्ष पोख्नु हुन्छ । सबै कुखुरालाई आफै मारेर गाड्नु भन्दा केही उपाय नरहेकाले जेसिबी ल्याएर सबै कुखुरा गाडेको बताउनुहुन्छ । लकडाउनका कारण बिक्री नभएर व्यापारमा घाटा भएपछि आफैले कुखुरा मारेर खाल्डोमा पुर्नुपर्ने स्थिति आएको छ । १० वर्षदेखि थालनी गरेको कुखुरापालन ब्यबसायबाट यतिबेला हात धुनुपर्ने अवस्था आइसकेको छ । आफू पनि पशु प्राविधिक भएको भन्दै कुखुरामा केही रोग नलागेको दाबी गर्दै एक बेला मात्र दाना दिने र अरु बेला पानी दिएर राखेको भन्नुहुन्छ । अहिले ब्यबसायबाट १५ लाख घाटा भएको बताउनुहुन्छ । यस्तै थुप्रै कृषि पेसामा आधारित कृषकको उत्पादित बस्तु खेतबारीमै नष्ट हुने अवस्थामा पुगेको छ । सरकारले सहज भएको बताए पनि किसानको उत्पादित बस्तु उपभोक्ता नजिक पुग्न सकेको छैन । यति बेला कृषि निर्भर जनता मारमा परेका छन् भने अर्कोतर्फ यतिबेला, समयमै मल तथा बिउबिजन पाउन सकिरहेको छैन ।

