- Loading...
कटहरीका किसानलाई तरकारी नष्ट हुने त्रास
- कृषि टि.भी.
- २ साल अघि
- १३ पटक पढिएको

मोरङको कटहरी गाउँपालिका–४ नयाँबजारका किसानलाई लकडाउन र वर्षाका कारण तरकारी नष्ट हुने त्रास बढेको छ । स्थानीयलाई खेतमा उत्पादित एक हजार ट्रकभन्दा बढी टमाटर कुहिने पिरमा रहेका छन् । सोही वडाका ५सय बढी किसानले पाँच कठ्ठादेखि १० बिघा जग्गामा तरकारी खेती गर्दै आएका छन ।


यसपटकको बन्दाबन्दीले यातायातको साधन सञ्चालन नहुँदा कृषि बजारसम्म पु¥याउन नसक्दा बारीमै टमाटरलगायतका हरियो तरकारी कुहिने भएको छ । खेतमा रहेको टमाटर लकडाउनले यातायात सञ्चालन नहुँदा बिक्रीमा समस्या भएको हो । यस्तै वर्षा थप भएपछि आधा टमाटर आगामी एक हप्ताभित्र कुहिने अवस्थामा पुगेको किसानहरुको भनाइ छ । अहिले प्रतिकिलो १० रुपैयाभन्दा कम मुल्यमा उनीहरुले केही व्यापारीलाई टमाटर खेतबाटै बिक्री गरिरहेका छन् । प्रदेश नं १ को सबैभन्दा बढी टमाटर हुने उक्त क्षेत्रमा बजारको पहुँच अहिले नहुँदा किसानले उत्पादन गरेको टमाटर बोटैमा खेर गएको छ । त्यस क्षेत्रमा उत्पादन हुने हरियो तरकारी प्रदेशको आवश्यकता पूर्ति हुदै आएको व्यापारीहरुको भनाइ छ । कटहरीमा उत्पादित टमाटरलगायतका तरकारीले मोरङको विराटनगर, उर्लाबारी, सुनसरीको धरानसहित पुर्वी तराईका अधिकांश बजारमा बिक्री हुदै आएको छ ।

