- Loading...
पुर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताललाई कोरोना टेस्टिङ्ग बुथ हस्तान्तरण
- कृषि टि.भी.
- ३ साल अघि
- २९ पटक पढिएको

पुर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल गोठगाउँलाई सुन्दरहरैंचा नगरपालिकाले सहयोग गरेको छ । टिम नेपोको तथा ओसोदेव भुमी ध्यान केन्द्रको संयोजकत्वमा मेडिकल सेफ्टी बुथ र कोरोना टेस्टिङ्ग बुथ हस्तान्तरण गरेको हो ।


विश्वभर फैलिएको अवस्थामा कोभिड–१९ भाईरस कुनै पनि बिरामी र स्वास्थ्यकर्मीलाई न्यूनिकरण तथा रोकथाम गर्न सहयोग पुग्ने जनाएको छ । अहिले प्रर्याप्त मात्रामा पिपिई नपाएको अवस्थामा सुरक्षाको दृष्टिकोणले उपयुक्त रहेको टिम नेपोका प्रदेश १ संयोजक इन्जिनियर सुरज ढकालले बताउनुभयो । चौबिसै घण्टा काम गर्न सकियोस भनेर बहिर भित्र बिधुतको सुविधा, कुलर, माईक्रोफोन र चेकअपका लागि प्रयोग हुने सामाग्री व्यवस्थापन पनि टेष्टिङ्ग बुथ भित्र रहेको छ । अहिले नेपालभर बेस्ट डिजाईनको रुपमा लिएको संयोजक ढकालले बताउनुभयो । उक्त सस्थाले त्यस किसिमको मेडिकल टेष्टिङ्ग बुथ विभिन्न ठाउँमा बितरण गर्दै आउनुभएको छ । मेडिकल बुथ प्राप्त गरेको शिक्षण अस्पतालका निर्देशक डा. बिपेश अचार्यले टिम नेपो र सुन्दरहरैंचालाई धन्यवाद दिदै मेडिकल टेष्टिङ्गबारे जानकारी दिनुभयो । यता स्वास्थ्यकर्मीहरु जोखिम मोलेर नै माक्स र सेनिटाईजरकै भरमा काम गैरहेका छन भने पिपिई माक्स अहिलेको अवस्थामा प्रयाप्त मात्रामा पुगेको देखिएको छैन । तर त्यसबारे सुन्दरहरैंचा नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर चापागाईंको भनाई फरक छ । त्यसैगरी विश्वविद्यालयकै शिक्षण अस्पतालमा इन्जिनियर एसोसिएसन सुन्दरहरैंचाले फुट अपरेटेड हान्ड बाँस मेसिन अर्थात खुट्टाले हात धुन मिल्ने सामाग्री एक थान वितरण गरेको छ ।

