- Loading...
बारीमै खेर गयो किसानको तरकारी
- कृषि टि.भी.
- ३ साल अघि
- २१ पटक पढिएको

मोरङको सुन्दरहरैंचा नगरपालिका ८ स्थित सलकपुरका किसान रबिनकुमार महतोले भाडाकै ३ बिघा जग्गामा तरकारी लगाउनुभएको छ । तर यतिबेला बिश्वमा फैलिएको महामारीले देश लकडाउनमा छ । लकडाउनकै कारण किसानले उत्पादन गरेको तरकारी बारीमै खेर जाने अबस्थामा पुगेको छ ।


अहिलेको विषम परिस्थितिमा किसानको तरकारी तथा कृषिजन्य उत्पादित बस्तुले बजार लिन नसक्दा महतो जस्तै अन्य किसान मारमा परेका छन । पुर्खौली पेसा कृषि नै भएको हुँदा यतिबेला सरकारले दैनिक उपभोगिय बस्तु र कृषि उत्पादित बस्तुको बिक्रीवितरण गर्न सरकारले सहज गरेको बताए पनि किसानले सहजताको अनुभव पाएका छैनन । अहिले लगाएको गोलभेडा १० रुपैयाँ प्रतिकेजी दिए पनि खरिद गर्न कोही नआएको र उपभोक्तासम्म नपुग्दा बारीमै कुहिएको छ । यस्तै अर्का किसान असोककुमार महतोको समस्या पनि उस्तै छ । बारीमा काक्रा लगाए पनि बजारमा सुत्रीसमेत नपाउँदा बोट जोगाउन समस्या भएको छ । अहिले उहाँको तरकारी बिक्री नहुँदा ४० देखि ५० क्विन्टल गोलभेडा कुहिएर गएको जानकारी दिनुभएको छ । अहिले गाउँमा तरकारी बेच्न जाँन समेत समस्या देखिएको छ । भित्री गाउँमा समेत बाटोमा छेकबार लगाएका छन । कोरोना भाइरस फैलाउने आरोपमा उनीहरुलाई तरकारी बेच्न नदिएको किसान महतोको गुनासो छ । यता नगरपालिकाले भने ३ वटा सवारी साधन प्रयोग गरी किसानको तरकारी नगरको टोलटोलमा पुर्याउदै उपभोक्तालाई दिएको नगर प्रमुख शिवप्रसाद ढकालले बताउनुभयो । तर नगरपालिकाले तरकारी लिने बताएपनि आफनो फार्मबाट नलिएको भोगेन्द्र महतोको गुनासो छ । अर्कोतर्फ सडकमा फलफुल बेचेर जीवन धान्दै आएका एक जना युवाको गुनासो भने फरक छ । अहिले नगरका युवाले उपभोक्तासम्म तरकारी सहुलियत मुल्यमा टोलटोलमा पुर्याए पनि उत्पादन भन्दा माग कम भएको छ । किसानले जिबिकोपार्जनकै लागि आफ्नो बारीमा पसिना बगाए पनि लकडाउनले तरकारीले बजार नपाउँदा खेर गइरहेको छ । यतिबेला कतिपय निम्न स्तरका किसानको हातमुख जोडन समेत समस्या परेको छ । त्यसका लागि स्थानीय तहले खेर गएको तरकारी र कृषिजन्य बस्तु खेर हुनबाट कसरी खपत गर्न सकिन्छ यसतर्फ पनि ब्यबस्थापनमा ध्यान जानू जरुरी छ ।

