- Loading...
स्वदेशी तरकारीलाई बजारको खाँचो
- कृषि टि.भी.
- ३ साल अघि
- २८ पटक पढिएको

भारतमा तिब्र रुपमा कोरोना भाइरसको संक्रमण बढेपनि भारतीय तरकारी आयत भैरहेको छ । बाँके जिल्लाको जमुनहा नाकाबाट भारतको तरकारी आयात भएर नेपालगन्ज बजारमा बिक्रि भैरहेको रानीतलाऊ तरकारी बजार समितिका सदस्य मेराज कबडियाले बताउनुभयो । उहाका अनुसार सोही बजारमा बिक्रि हुने तरकारीमध्ये आधाजसो भारतबाटै आयत हुने गरेको छ ।


बाँकेमा चैत ८ गतेदेखि औषधी पसलबाहेक सबै पसल बन्द गर्न जिल्ला प्रशासनले निर्णय गरेसँगै तरकारी बिक्रि गर्न नगरपालिकाले पासको व्यवस्था गरेको छ । यता नेपालमा उत्पादन भएका तरकारी भने खेतबारीमै कुहिन थालेको सञ्चारमाध्यममा समाचार छ । यस्तै कतिपय किसानले भने आफुले उत्पादन गरेको तरकारी आफै बजारमा बिक्रि गर्न थालेका छन । तर बिक्रि नभएको उनीहरुको तरकारी पशुचौपायालाई आहारा बनाउने गरेको स्थानीय किसान रामकुमार बर्माले बताउनुभयो । पछिल्लो समय बजारमा तरकारीको मुल्यमा व्यापारीहरुले २ गुणा बढी लिने गरेको पाईएको छ ।

