- Loading...
काठ तस्करीका लागि लकडाउन अवसर
- कृषि टि.भी.
- २ साल अघि
- १६ पटक पढिएको

लकडाउनका बेला देशका विभिन्न स्थानमा वन फडानी भइरहेको सामुदायिक वन उपभोक्ता महासंघले जनाएको छ । कोभिड–१९ माहामारी लक्षित लकडाउनले काठ तस्करहरूलाई भने राम्रो अवसर मिलेको छ । दोलखाको सैलुङ–८स्थित सैबुमा सल्लाघारी फडानी भएको त्यहाँका स्थानीयवासीले जानकारी दिएका छन् ।


शारदा उच्च माध्यमिक विद्यालयको खेल मैदान फराकिलो बनाउने नाममा सयौं सल्लाका रुख काटिएको स्थानीयको भनाई छ । फलम सामुदायिक वन समूहका पदाधिकारीसमेत रुख काट्न संलग्न भएको सामुदायिक वन उपभोक्ता महासंघका एक केन्द्रीय पदाधिकारीले जानकारी दिएको छ । स्रोतका अनुसार वृक्षारोपण गरेर हुर्काइएको रुखसमेत कान थालेकोे छ । सोही वडाका वडाध्यक्ष रामेश्वर उप्रेतीका अनुसार सामुदायिक वनकै सहमतिमा मैदान फराकिलो बनाउने काम भइरहेको छ । विद्यालयले भोगाधिकार पाएको २० रोपनी क्षेत्रभित्र चउर फराकिलो बनाउने काम भएको उहाले जानकारी दिनुभयो । यता जिल्ला वन अधिकृत बच्चु पुडासैनीले भने त्यसक्षेत्रमा रुख काट्न कसैले पनि अनुमति नलिएको बताउनुभयो । लकडाउनपछि त्यसविषयमा छानविन गरी आवश्यकता अनुसार कारवाही गरिने अधिकृत पुडासैनीको भनाई छ । तर विद्यालयका प्रिन्सिपल नेत्रप्रसाद थापलियाले भने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गराउँदा मैदान सानो भएकाले लकडाउनका बेला फराकिलो बनाइएको बताउनुभयो ।

