FLASH NEWS
- Loading...
कृषि टेलिभिजनमार्फत दृष्टिविहिन परिवारमा राहत
- कृषि टि.भी.
- २ साल अघि
- १५ पटक पढिएको

कृषि टेलिभिजनले दृष्टिविहिन एक परिवारलाई राहत वितरण गरेको छ । मंगलबार बिहान टेलिभिजनबाट गएको टोलीले त्यस्ता परिवारको घरैमा नगदसहित खाद्यान्न दिएको हो ।


काठमाण्डौको कपनस्थित साततलेमा डेरा गरी बस्ने दृष्टिविहिन बलबहादुर रोक्कालाई राहत उपलब्ध गराएको छ । दृष्टिविहिन रोक्काकी पत्नी आपाङगसमेत रहेका छन । यस्तै उहाको चार वर्षिय छोरी र सोही क्षेत्रका अर्का टाईफाइटका विरामी महिलालाई कृषि टेलिभिजनका स्टेशन म्यानेजर लक्ष्मी चौधरीले जनही दुई हजार नगद रकम प्रदान गर्नुभएको छ । यस्तै काठमाण्डौको शान्तिनगर निवासी समाजसेवी तुलसीराज न्यौपानेबाट खाद्यान्नसहित मास्क तथा औषधी खरिद गर्न बीस हजार नगद कृषि टेलिभिजनको देउराली कार्यक्रममार्फत उपलब्ध गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
