FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ओखलढुंगाको तरकारी बजार बन्द

    • कृषि टि.भी.
    • २ साल अघि
    • ११ पटक पढिएको
    Post Thumbnail

    कोरोनाको संक्रमण रोकथामका लागि सरकारले देश लकडाउन गरे यता चार सातासम्म लाग्दै आएको ओखलढुंगाको तरकारी बजार बन्द गरिएको छ । बजारमा तरकारी किनमेलका लागि आउने व्यक्तिहरुको भिडलाई व्यवस्थापन गर्न नसक्दा हटियाँ बन्द गर्ने निर्णय गरिएको हो ।

    सदरमुकामस्थित सातामा बुधबार र शनिबार लाग्दै आएको नियमित बजारमा उपभोक्ताको चाप बढेको र त्यसले कोरोनाको जोखिम बढाउने भन्दै शनिबारबाट पूर्णरुपमा बन्द गरिएको हो । कोरोनाको संक्रमण सुरु भएसँगै तरकारी बाहेक कपडा, खाद्यान्न लगायत अन्य सामानको बिक्री वितरणमा रोक लगाईएको थियो । अहिले तरकारी बजार व्यवस्थापनमा समेत चुनौती आएकाले बन्द गरिएको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले बताउनुभयो । तरकारी तथा खाद्यान्नको कारोबारमा पनि सयौंको संख्यामा उपभोक्ताहरुको भिड लाग्न थालेपछि कोरोनाको त्रास नघटेसम्म बजार बन्द गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाको निर्णयपछि बजार क्षेत्रमा तरकारी बेच्न बन्द गरिएको छ । सातामा दुई दिन लाग्ने हाटमा स्थानीय किसानले उत्पादन गरेका तरकारी बिक्रीका लागि राख्ने गरेका थिए । तरकारी बिक्री गर्ने र खरिद गर्ने नागरिकका लागि निश्चित स्थानको रेखाङ्कन गरिएपनि नियम पालना नहुँदा जोखिम बढेको बताइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित