- Loading...
हावाहुरीसहितको असीनापानीले जुनारको चिचिलामै क्षति
- कृषि टि.भी.
- २ साल अघि
- १२ पटक पढिएको

तीन दिनसम्म परेको अविरल वर्षासँगैको असीनापानीले सिन्धुलीको जुनार सखाप भएको छ । जिल्लास्थित महाभारत क्षेत्रमा निरन्तर हावाहुरीसहितको असीना पानीले चिचिल्लामै जुनार झरेको छ । आइतबार र सोमबार असीनासहितको पानी परेको थियो भने मंगलबार बिहानभर हावाहुरी सहितको पानी परेपछि त्यसको प्रत्यक्ष असर जुनार बगैचामा परेको हो ।


सिन्धुलीको मुख्य नगदे बालीको रुपमा लिइने जुनारमा असीनाले ठूलो क्षति पुर्याएको स्थानीय किसान लोकबहादुर आलेमगरले जानकारी दिनुभयो । जिल्लाको गोलञ्जोर गाउँपालिका ४ स्थित तिनकन्यामा जिल्लाकै सबैभन्दा धेरै जुनार फल्ने क्षेत्रको रुपमा लिइन्छ । उक्त क्षेत्रमै बाक्लो असीनासहितको हावाहुरी चलेपछि जुनारमा क्षति पुगेको हो । गतवर्ष भन्दा यसवर्ष धेरै उत्पादन हुने संकेत देखिएको जुनारमा असीनापानीले ठूलो नोक्सानी भएको छ । जिल्लाको तीनकन्या, रतनचुरा, बाशेश्वर, भुवनेश्वरी लगायतका जुनारको मुख्य क्षेत्र मानिएका स्थानमा असीनापानी परेपछि जुनारमा करोडौको क्षति पुगेको किसानहरुले बताएका छन् । यतिबेला जिल्लामा जुनार फलको चिचिल्ला लाग्ने समय भएको छ । तर सोही समयमै असीनाले क्षति पुर्याएको छ ।

