FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • तरकारी आयतमा तनहुँले कडाई

    • कृषि टि.भी.
    • २ साल अघि
    • १३ पटक पढिएको
    Post Thumbnail

    तनहुँमा जिल्ला बाहिरबाट हुने तरकारी आयतमा रोक लगाउने निर्णय गरिएको छ । कोरोनाको जोखिम बढेको निष्कर्ष निकाल्दै स्थानीय सरकारले देशका विभिन्न भागबाट आउने तरकारी जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेका हुन ।

    व्यास नगरपालिकाको अगुवाईमा बसेको स्थानीय तहका अधिकारीहरु, सुरक्षा अधिकारी तथा व्यवसायी समेतको बैठकले भारतीय तरकारीसमेत देशभित्रैको भन्दै बिक्री हुन थालेपछि जोखिमबाट बच्न यस्तो निर्णय गरेको हो । उक्त जिल्लामा भारत र चीनबाट हुने फलफूल आयातमा समेत प्रतिबन्धको घोषणा गरेका छन । गण्डकी प्रदेशको प्रमुख नाका तनहुँ भएकाले तनहुँले गर्ने यस्तो निर्णयले प्रदेशको आपूर्तिमा पनि प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ । सोही बैठकमा सहभागी हुँदै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले स्थानीय तहहरुले आफ्नो क्षेत्रमा जोखिम कम गर्ने आशयले निर्णय गरेको बताउनुभयो । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपानेका अनुसार स्थानीय संकट व्यवस्थापन समितिको नाममा त्यस्तो निर्णय गरिएको छ । यता जिल्लाका किसानले बजार नपाएको भन्दै तरकारी खेर गैरहेको गुनासो समेत गरिरहेका बेला त्यस निर्णयले उनीहरुलाई उत्साह थपिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित