
- Loading...
उपत्यकामा तरकारीको मूल्य घट्दै
- कृषि टि.भी.
- २ साल अघि
- १४ पटक पढिएको

काठमाडौं उपत्यकामा अहिले तरकारीको मूल्य घटेको छ । लकडाउन सुरु हुनुअघिको तुलनामा टमाटर, आलुलगायतका दर्जन बढी तरकारीको मूल्य घटेको हो । कालीमाटी तरकारी तथा फलपूmल बजार विकास समितिको तथ्यांक अनुसार लकडाउन हुनु अघिल्लो दिन प्रतिकिलो ३८ रुपैयाँ रहेको सानो गोलभेडाको थोक मूल्य २६ प्रतिशतले घटेर बुधबार २८ रुपैयाँ कायम भएको छ ।


सानो गोलभेडा प्रतिकिलो २८ बाट २२ रुपैयाँ र रातो आलु ३६ रुपैयाँ प्रतिकिलो औसत थोक मूल्यबाट ३२ रुपैयाँमा झरेको छ । उपत्यकाबाट अधिकांश मानिस बाहिर गएको तथा होटल, कलेज बन्द भएपछि खपत कम हुँदा मूल्य घटेको छ । यस्तै यस सिजनमा तराईदेखि उपत्यका वरपरसमेतबाट तरकारी पर्याप्त भित्रिसँगै थप कोरोनाका कारण मुल्य घटेको बताइएको छ । राष्ट्रिय तरकारी तथा फलपूmल व्यवसायी महासंघका अध्यक्ष खेमप्रसाद घिमिरेका अनुसार निर्वाध रूपमा तरकारी आपूर्ति भइरहेको छ । तर ठूलो मात्रामा खपत हुने होटेलहरू बन्द हुनु र उपभोक्ता पनि बाहिर जाँदा बिक्री घटेको छ । खेतबाट उपभोक्तासम्म निर्वाध रूपमा तरकारीजन्य उत्पादन पु¥याइरहेको स्रोतले जनाएको छ । यता किसानले भने उचित मूल्य नपाएकोे उनीहरुले बताएका छन ।

