- Loading...
पहिलोपटक गहुँको समर्थन मूल्य निर्धारण
- कृषि टि.भी.
- ३ साल अघि
- २६ पटक पढिएको

सरकारले पहिलोपटक गहुँको समर्थन मूल्य निर्धारण गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १५ रुपैयाँ निर्धारण गरी मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेको हो ।


नेपालको प्रमुख खाद्यान्न बालीमध्ये गहुँको समर्थन मूल्यको प्रस्ताव मन्त्रिपरिषदमा पेश गरिएको मन्त्रालयले जानकारी दिएको छ । गहुँ किनबेचको सिजन सुरु हुनुअघि सरकारले खाद्य बालीहरूको मूल्य तोक्ने गरेको छ । सरकारले धान, गहुँ, ऊखुलगायत कृषि वस्तुको समर्थन मूल्य बर्सेनी तोक्दै आएको छ । गहुँ भित्राउने समयमा निर्धारण गरिएको समर्थन मूल्यले किसानलाई राहत मिल्ने सरकारी बुझाई छ । यता मन्त्रिपरिषद् बैठकले निर्णय गरेसँगै गहुँको मूल्य लागू हुने मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले जानकारी दिनुभयो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्रस्तावमा उद्योग मन्त्रालयले उक्त प्रस्ताव मन्त्रीपरिषदमा पठाएको हो । यतिबेला देशभरका किसानले गहुँ भित्राउन थालेको र किनबेच सुरु हुन लागेकाले मूल्य तोकिएको मन्त्रालयले जनाएको छ । अघिल्लो वर्ष मुलुकभर २० लाख ४० हजार टन गहुँ उत्पादन भएको थियो । यसवर्ष भने उत्पादनमा केही बढ्ने कृषि मन्त्रालयको अनुमान छ ।

